२६ असार २०७७ शुक्रबार
समाज

पाल्पामा जिप दुर्घटना, चार जनाको मृत्यु

पाल्पा- दोभान–४, श्रीडाँडामा लु १ ज २६८९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। राति ९ बजे भएको दुर्घटनास्थलमा परि दोभान–२ देउरालीका ४० वर्षीय जसवीर बकावल, सोही स्थानका ३० वर्षीय मिनबहादुर थापा, ४९ वर्षीय हरिबहादुर राना, २६ वर्षीय यमबहादुर रानाको मृत्यु भएको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक राजाराम कुर्मीले बताए।

विवाहमा बेहुलाबेहुली छाडेर फर्केको जीप राति दुर्घटनामा परेको हो। जीपमा पञ्चेबाजा बजाउने युवाहरु सवार थिए। कच्ची सडकमा ब्रेक फेल भएर दुर्घटनामा भएको बताइएको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाका घाइतेहरुको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको छ। जीप सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ।

प्रकाशित: २५ माघ २०७३ ०७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App