१६ चैत्र २०८० शुक्रबार
समाज

कलंकी सडक खण्डमा सात पुल तयार

काठमाडौं- राजधानीको कलंकी–कोटेश्वर सडक विस्तार कार्य सम्पन्न गरी गत महिना नै सरकारलाई बुझाउने सम्झौता भए पनि अहिलेसम्म सातवटा पुलमात्र निर्माण सम्पन्न भएका छन्।  १०.३९ किलोमिटर लामो उक्त सडक विस्तारको काम भने हालसम्म ४८ प्रतिशत मात्र सकिएको ठेकेदार कम्पनीले जनाएको छ।

सडक विस्तारमा ढिलाइ भइरहे पनि पुल निर्माण भने सकिएको कलंकी–कोटेश्वर सडक विस्तार आयोजनाले जनाएको छ। आयोजनाका अनुसार चारवटा मोटरेबल पुल र तीनवटा आकाशे पुल निर्माण सम्पन्न भएको हो।

सातै पुलको ९५ प्रतिशतभन्दा बढी काम सकिएको आयोजना प्रमुख ज्ञानेन्द्र झाले जानकारी दिए। 'सडक विस्तारको महŒवपूर्ण काममध्ये पुल निर्माण सम्पन्न गरेका छौं', उनले भने, 'पुलमा रङरोगन र रेलिङ राख्ने काम बाँकी छ।' योजनाका अनुसार कंलकी खसीबजार, बल्खु खोला, बागमती पुल, बालकुमारीस्थित मनोहरामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ।

पैदलयात्रीका लागि कोटेश्वर, ग्वार्को र बागडोलमा आकाशे पुल निर्माण भएको छ।

रेलिङ निर्माण र फुटपाथमा पेन्टिङ गर्ने काम छिटै सकिने आयोजनाले जनाएको छ। कंलकीदेखि कोटेश्वरको १०.३९ किलोमिटर लामो आठ लेनको सडकको जिम्मा चिनियाँ संघाई कस्ट्रक्सन ग्रुपले पाएको छ। ग्रुपले उक्त सडक खण्ड विस्तार, पुल र कंलकीमा अन्डरग्राउन्ड बिज्र निर्माण गर्न तीन सय १२ मिलियन युआन खर्च हुने अनुमान गरेको छ।

निर्माण कम्पनीले अहिलेसम्म ४८ प्रतिशत काम सम्पन्न गरेको प्रतिवेदन बुझाएको आयोजना प्रमुख झाले जानकारी दिए।

इन्जिनियर रमेशकुमार दिष्टीले सडक खण्ड 'प्रिकास्ट गर्डर' मोडेलमा विस्तार भइरहेको जानकारी दिए। 'सडक विस्तार कार्य आउँदो वर्षायामअघि नै सम्पन्न लक्ष्य छ,' उनले भने 'प्रोजेक्ट सम्पन्न भएपछिमात्रै पुल खा गरिनेछ।'

कोटेश्वर–कंलकी सडक खण्ड सन् २०१७ जनवरी ५ मा सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता थियो। तर भूकम्प र नाकाबन्दीका कारण सन् २०१८ जुलाईसम्म सक्ने गरी म्याद थपिएको छ।

प्रकाशित: २१ माघ २०७३ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App