coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई ट्रक जुध्दा चालक सहित तीन जना घाइते

चितवन- काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ट्रक र वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक दारेचोक–७ चुङ खोलास्थित पृथ्वी राजमार्गमा आज बिहान एकापसमा ठक्कर खाँदा चालक र सहचालक गरी तीनजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ८१२७ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ८६६२ नम्बरको ट्रक आज बिहान ३ः३० बजे एकापसमा ठोक्किएका हुन् । दुर्घटनामा परी ना ५ ख ८६६२ नम्बरका ट्रक चालक मकवानपुर भैसे गाविस–२ का ४० वर्षीय पशुपति थापा गम्भीर घाइते भएका छन् । 

सोही ट्रकका सोही ठाउँका सहचालक २२ वर्षीय विमल आलेमगर र अर्का ट्रकका चालक दोलखाका २८ वर्षीय राजु लामा पनि घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । 

दुई ट्रक ठोक्किएपछि अवरुद्ध सडक एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ । घटनास्थल मुग्लिनबाट १० किलोमिटर काठमाडौँतर्फ पर्दछ । रासस 

प्रकाशित: १८ माघ २०७३ ०६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App