७ वैशाख २०८१ शुक्रबार
समाज

प्रवासमा गर्भवती श्रीमती बिरामी, श्रीमानको अवस्था नाजुक

खोटाङ– प्रवासमा कार्यरत रहेको अवस्थामा गर्भवती श्रीमती सिकिस्त बिरामी बनेपछि खोटाङको दिक्तेल नगरपालिका–६ बाम्राङ झिसेपुका लोकेन्द्र श्रेष्ठ समस्यामा परेका छन्। यूएई (दुबई)को अजीदिया ग्रुपको पौउल रेस्टुरेन्टमा कार्यरत रहेको अवस्थामा गर्भवती श्रीमती देवी श्रेष्ठ सिकिस्त बिरामी परेपछि उपचारका क्रममा लोकेन्द्रमाथि विपत्ती आइलागेको हो। एकै साथ मुटु र फोक्सोमा समस्या देखिएका उनको दुवईकै अस्तर अस्पतालमा सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ।

चिन्ताजनक अवस्थामा अस्पताल पुर्याइएका देवीको पेटबाट माघ ७ गते शल्यक्रिया गरेर मृत अवस्थाको शिशु निकालिएको छ। अस्पतालका अनुसार देवीको मुटु र फोक्सोमा समस्या देखिएको छ। कलेजो र मृगौलामा समेत समस्या आउन सक्ने जोखिम रहेको उपचारमा संलग्न चिकित्सकले बताएको लोकेन्द्रको भनाइ छ।

‘सम्पत्ती कमाउने र घर फर्किएर सुखसयलका साथ बस्ने’ लोकेन्द्रको सपना श्रीमती सिकिस्त बनेपछि भताभुङ्ग भएको छ। क्माउनका लागि श्रीमतीसहित प्रवास पुगेका लोकेन्द्र हालसम्म कमाएको पैसाले श्रीमतीको उपचार गर्न बाध्य छन्। देवीको उपचारका क्रममा हालसम्म १ लाख दिराम बराबरको खर्च भइसकेको बताइएको छ। उपचारका क्रममा उठेको बीलको रकम चुक्ता गरेर उपचाररत अस्पतालबाट डिस्चार्ज पाए नेपालमै फर्काएर श्रीमतीको उपचार गराउने लोकेन्द्रको धोको छ। तर, उनले बीलमा उठेको रकम तिर्न सकेका छैनन्। उठेको बील बराबरको रकम तिर्न सक्ने अवस्था नभएपछि लोकेन्द्रले सहयोगका लागि याचना गरेका छन्।

‘यती ठूलो रकम तिर्न सक्ने अवस्था छैन,’ लोकेन्द्रले भने, ‘सबैको साथ सहयोग मिले संकटबाट पार पाउने आशा राखेको छु।’ माघ ३ गते उच्च ज्वरो आउने, वान्ता हुने, ढाड दुख्ने लगायतका समस्या देखिएपछि क्लिनिकमा पु¥याइएका देवीलाई समस्या बढ्दै गएपछि अस्पतालमा पु¥याइएको थियो। ‘जीवन–मरणको’ अवस्थामा पुगेकी गर्भवती देवीलाई औषधि सेवन गराउँदा गर्भमा रहेको बच्चालाई पनि असर पुगेको हो। देवीको स्वास्थ्यमा अझै सुधार आउन सकेको छैन।

लोकेन्द्रका अनुसार बिलको १० प्रतिशत बिरामीले र बाँकी रकम बिमा कम्पनीले बेहोर्ने भनिए पनि बीमाको सर्तले नसमेटेका सबै खर्च बिरामीले नै बेहोर्नुपर्ने हुन्छ। लोकेन्द्र पौउल रेस्टुरेन्टमा फुड सुपरभाइजर र देवी क्यासियरका रुपका काम गर्दैआएका थिए ।

१० वर्षअघि दुबई पुगेर ३ वर्षपछि सन् २००७ मा घर आएका लोकेन्द्रले श्रीमतीलाई सँगै लिएर विदेश फर्किएका थिए।
पहिलो गर्भ भएकाले श्रेष्ठ दम्पत्तीले नियमित स्वास्थ्य जाँच गराउँदै आएका थिए । प्रवासमा देवी गर्भवती भएपछि थपिएको खुसीयाली उनको बिरामीसँगै बिलिन भएको छ। यसअघिका ६ महिनासम्म हरेक १५ दिनमा गरिने गर्भ जाँचका क्रममा आमा र बच्चाको अवस्था सामान्य रहेको डाक्टरले बताउँदै आएका थिए।

दुबईमा सिकिस्त अवस्थामा उपचाररत देवी श्रेष्ठ। तस्बिरः फेसबुकबाट लिइएको  

प्रकाशित: १५ माघ २०७३ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App