७ वैशाख २०८१ शुक्रबार
समाज

मोटरसाइकलको सिट भित्र चाँदी भेटियो

मकवानपुर–मोटरसाइकलको सिट मुनी लुकाई ल्याएको ३ केजी चाँदीसहित एकजना पक्राउ परेका छन्। पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका–११ बस्ने  ३५ बर्षीय राजकिशोर गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

हेटौडा उपमहानगरपालिका–१७ स्थित रातमाटे चेक पोष्टमा वीरगञ्जबाट हेटौडातर्फ आइरहेको ना.१७ प ४६४५ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको सिट भित्र लुकाई ल्याएको उक्त चाँदी बरामद भएको थियो।

प्रकाशित: ११ माघ २०७३ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App