२३ असार २०७७ मंगलबार
समाज

हिमचितुवा संरक्षण केन्द्र नेपालमै खोल्न प्रस्ताव

काठमाडौं- सरकारले दुर्लभ हिमचितुवा संरक्षणका लागि ५ करोड रुपैयाँ दिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले हिमचितुवा पाइने १२ मुलुकका मन्त्रीस्तरीय स्टेयरिङ कमिटी बैठक शुक्रबार राजधानीमा उद्घाटन गर्दै संरक्षण कोष स्थापनामा ५ करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएका हुन्।

बैठकमा नेपालले पा“चवर्षे हिमचितुवा संरक्षण कार्ययोजना सार्वजनिक गर्दै त्यसको अनुसन्धान केन्द्र नेपालमै स्थापना गर्न प्रस्ताव गरेको छ।

'नेपाल सरकारले पारिस्थितिकीय प्रणालीको अति महŒवपूर्ण र सुन्दर वन्यजन्तु हिमचितुवा संरक्षणका लागि ५ करोड रुपैयाँ दिने भएका छौं', प्रधानमन्त्री दाहालले बैठकमा भने।

उनले नेपाल सरकार यसको संरक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न तयार रहेकेा उल्लेख गर्दै यसको संरक्षणमा एकजुट हुन विश्व समुदायलाई आग्रहसमेत गरे।

वन मन्त्री शंकर भण्डारीले हिमचितुवा अनुसन्धान केन्द्र नेपालमै स्थापना गर्न प्रस्ताव राखे। 'म हिमचितुवाको अनुसन्धानका लागि यसको अनुसन्धान केन्द्र नेपालमै स्थापना गर्ने प्रस्ताव यहा“हरु समक्ष राख्छु', उनले बैठक उद्घाटन सत्रमा भने, 'यसमा सहभागी सबै देशका माननीय मन्त्रीज्यूको समर्थन हुनेछ भन्ने विश्वास पनि राखेको छु।'

प्रधानमन्त्री दाहालले हिमचितुवा संरक्षण कार्ययोजना सार्वजनिक गर्दै अति विकट क्षेत्रमा पाइने लोपोन्मुख वन्यजन्तु भएकाले यसको संरक्षणलाई नेपालले प्राथमिकतामा राखेको बताए।

दाहालले यसको संरक्षणमा नेपाल बलियो राजनीतिक र आर्थिक प्रतिबद्धता जनाउन तयार रहेको विश्व समुदायलाई जानकारी गराए। उनले भने, 'यसले चितुवा संरक्षण त हुन्छ नै पछाडि परेको हिमाली क्षेत्र र त्यहा“का प्राकृतिक स्रोत  संरक्षणमा पनि टेवा पुग्छ।' हिम चितुवाको बासस्थान हिमाली क्षेत्र पानी र स्वच्छ हावाको स्रोत भएकाले यसको संरक्षण अपरिहार्य भएको दाहालको बुझाइ छ।

प्रधानमन्त्री दाहालको ५ करोड रुपैयाँ दिने प्रतिबद्धता, अनुसन्धान केन्द्र स्थापना प्रस्ताव र हिमचितुवा संरक्षण कार्ययोजना सार्वजनिकीकरणले नेपाल यसको संरक्षणमा नेतृत्वदायी भूमिका लिन तयार रहेको सन्देश दिएको छ।

'आज सरकारका तर्फबाट जुन किसिमका प्रतिबद्धता आए, त्यसले नेपाल नेतृत्व लिन तयार भएको स्पष्ट देखिन्छ', राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले नागरिकस“ग भने, 'वनजंगल र अन्य वन्यजन्तु संरक्षण क्षेत्रमा नेपाल संसारकै रोलमोडल बन्दै आएको  छ। हिमचितुवामा पनि हामी नेतृत्व लिन सक्छौँ।'

सरकारको निमन्त्रणामा ग्लोबल स्नो लियोपर्ड एन्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्राम (जिएसएलइपी) को दोस्रो स्टेयरिङ कमिटी बैठक काठमाडौंमा भएको हो। यसमा हिमचितुवा पाइने १२ वटा देशलगायत नागरिक समाज, अन्तर्राष्ट्रिय तथा निजी संघसंस्था प्रतिनिधि छन्। यसको प्रमुख उद्देश्य हिमचितुवालाई यसको आफ्नै प्राकृतिक बासस्थानमा जोगाइराख्नु हो। यसको सुरुआत किर्गिस्तानका राष्ट्रपति अल्माज्बेक अताम्बाएभको नेतृत्वमा सन् २०१३ मा भएको हो। हिमचितुवा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा जारी 'विश्केक घोषणापत्र' अनुसार यसको सुरुआत भएको हो।

दोस्रो सम्मेलन पनि किर्गिस्तानको विश्केकमा आगामी सेप्टेम्बरमा हुने जनाइएको छ। यसमा हिमचितुवा पाइने १२ राष्ट्रका राष्ट्र प्रमुख वा कार्यकारीको सहभागिता हुनेछ। शुक्रबार बैठकमा सहभागी दोस्रो सम्मेलन आयोजक तथा जिएसएलइपीको उपाध्यक्ष राष्ट्र किर्गिस्तानका मन्त्री अब्द्याकलएक रुस्तामोभले राष्ट्रप्रमुखहरुको दोस्रो सम्मेलन गर्न आफूहरु तयार रहेको बताए।

जिएसएलइपीको अध्यक्षराष्ट्र पाकिस्तानका मन्त्री जाहिद हमिदले जलवायु परिवर्तनबाट सिर्जित समस्याका कारण हिमचितुवा संकटमा परेको बताए। उनले पाकिस्तानले हिमचितुवा संरक्षणका लागि तीनवटा भूदृश्य क्षेत्र पहिचान गरेको जानकारी दिँदै भने, 'पछिल्ला दिनमा सबैभन्दा बढी चुनौती जलवायु परिवर्तनले थपिदिएको छ।' 

कार्यक्रममा जिएसएलइपीका सल्लाहकार तथा ग्लोबल टाइगर इनेसेटिभ काउन्सिल (जिटिआइसी) का कार्यकारी अधिकृत  केशव बर्माले विश्वमा सिकारीले वार्षिक २ सय ४१ भन्दा धेरै हिमचितुवा मारिरहेको तथ्यांक सार्वजनिक गरेका थिए। उनले भने, 'बाघ र हिमचितुवा पाइने मुलुकले संयुक्त रुपमा यसको संरक्षण गर्नुपर्छ।'

बर्माले बाघ संरक्षणमा जस्तै हिमचितुवा संरक्षणमा पनि राष्ट्रप्रमुखबाट प्रतिबद्धता आउनुपर्ने बताए। 

शुक्रबार सा“झ सकिएको बैठकमा छ देशका मन्त्रीका साथै सम्बन्धित देशका वरिष्ठ पदाधिकारी, विज्ञ, पर्यवेक्षक र सल्लाहकार सहभागी थिए। हिमचितुवा पाइने विश्वका १२ देशमा यसको बासस्थानका रुपमा २३ भूदृश्य क्षेत्र पहिचान गरिएका छन्। तीमध्ये तीनवटा नेपालमा पर्छन्।

पहिचान भएका मध्ये कञ्चनजंघादेखि लाङटाङबीचको भूभाग चितुवा संरक्षणमा दुई कारणले महŒवपूर्ण मानिएको छ।  यहा“का हिमचितुवा चीन, भारत र नेपालमा विचरण गर्छन्। यिनले तीनवटै मुलुकको भूभाग ओगटेका छन्। नेपालमा यसको अनुमानित संख्या ३ सयदेखि ५ सय छ। विश्वका १२ मुलुकमा गरी यसको संख्या ३ हजार २० देखि ५ हजार ३ सय ९० सम्म अनुमान छ। यसको बासस्थानले १७ लाख ७६ हजार वर्गकिलोमिटर ओगटेको छ। यसलाई विश्व संरक्षण संघ (आइयुसिएन) ले अनुसूची  १ मा लोपोन्मुख वन्यजन्तु सूचीमा राखेको छ।

यी वन्यजन्तु अफगानिस्तान, भुटान, चीन, भारत, काजकस्तान, मंगोलिया, नेपाल, पाकिस्तान, रसिया, ताजकस्तान, किर्गिस्तान र उज्वेकिस्तानमा पाइन्छ। सबै देशका उच्च हिमाली भेग (३ हजारदेखि ४ हजार पा“च सय मिटर) उचाइमा  हिमचितुवा पाइन्छ। सबैभन्दा बढी २ हजार पाँच सयजति हिमचितुवा चीनमा रहेको अनुमान छ।

प्रकाशित: ८ माघ २०७३ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App