coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्व राष्ट्रपति रामवरण यादव अस्पताल भर्ना

काठमाडौं –पूर्व राष्ट्रपति रामवरण यादव पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । दुई सातादेखि तारन्तार दिसा लाग्ने र पेट दुख्ने भएपछि यादव बिहीबार त्रिविवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका हुन् ।

परीक्षणका लागि अस्पताल पुगेका यादवलाई चिकित्सकहरुले अस्पतालमै बसेर थप परीक्षण गर्न सल्लाह दिएको उनका छोरा चन्द्रमोहन यादवले जानकारी दिए ।

‘केहीदिनदेखि खाना अपच हुने र पखाला लाग्ने भइरहेको थियो,’ उनले भने, ‘चिकित्सकहरुले थप परीक्षण अस्पतालमै बसेर गर्न दिएको सल्लाह अनुसार भर्ना हुनु भएको छ ।’

अस्पतालको ए ६०१मा रहेका यादवको स्वास्थ्य अवस्था गम्भीर नरहेको जनाउँदै चन्द्रमोहनले भने, ‘आत्तीहाल्नु पर्ने अवस्था नभएपनि लगातार समस्या देखिएपछि अस्पताल बसेर उपचार गर्न लागिएको हो ।’

विगतमा पनि लगातार पेट दुख्ने र पखाला लाग्ने भएपछि यादवको आन्द्रामा क्यान्सरको शंका गरी जापानमा परीक्षणका लागि गएका थिए ।

प्रकाशित: ६ माघ २०७३ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App