५ वैशाख २०८१ बुधबार
समाज

झुक्कियो प्रहरीः पत्रकार ताकेर हान्दा व्यवसायी कुटिएपछि...

बर्दिया–मेलामा लागेका स्टलधनीबाट प्रहरीले रकम असुली गरेको विषयमा तनाव बढेपछि झडप भएको छ। ठाकुरद्वारामा लागेको मेलास्थल आइतबार रातिदेखि तनावपूर्ण बनेको छ।

प्रहरीले आक्रोसित भीडलाई नियन्त्रणमा लिन हवाइ फायर गर्दै लाठीचार्ज गरेको थियो। सो क्रममा पाँच जनालाई प्रहरीले नियन्त्रण लिएको छ।

सोमबार राति स्थानीय पत्रकार भावुक योगीले माघी मेलामा सुरक्षार्थ खटिएका प्रहरीले स्टल राखेका व्यवसायीसँग रकम असुलेको बारेमा प्रतिक्रिया लिएका थिए। रुष्ठ बनेका प्रहरीले पत्रकार ठानेर व्यावसायीलाई कुटेपछि तनाव बढेको हो। प्रहरीले पत्रकार ठानेर दुर्गा टेन्ट हाउसका संचालक दुर्गा जैशीलाई कुटपिट गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो। झडपमा १२ जना स्थानीय घाइते भएका छन्।

प्रहरीले रक्सी खाएर ‘नचाहिदो प्रश्न गर्ने पत्रकार’ लाई ठिक पार्नुपर्छ भन्दै व्यावसायीलाई कुटेका थिए।्
माघ १ गतेदेखि सुरु एक साता लामो मेला मंगलबारदेखि स्थगन भएको छ। स्थानीय र प्रहरीबीच झडप भएपछि ठाकुरद्वारा बन्द गरिएको छ।

‘प्रहरीले रकम असुलेको बिरोधमा जिज्ञासा राखेको थिएँ, पछि प्रतिशोध साँध्न पत्रकार ठानेर व्यवसायीलाई कुटेछन्,’ पत्रकार योगीले बताए।

प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको एसपी राजेन्द्र खड्काले बताए। ‘घटनाको यथार्थ बुझ्ने क्रममा छौं,’ खड्काले भने ‘प्रहरीको गल्ती छ वा छैन भन्ने अनुसन्धान पछि मात्रै थाह लाग्ने छ।’

प्रकाशित: ४ माघ २०७३ ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App