८ वैशाख २०८१ शनिबार
समाज

तुसारोले मेची राजमार्गमा जोखिम

पाँचथर- झापाबाट ताप्लेजुङको सिनाम मोटरसाईकलमा हिडेका देवु वाँनिया मेची राजमार्गको लालीखर्क खण्डमा तुसारोमा चिप्लीएर दुई पल्ट लडे। मोटरसाईकलमा सवार दुई जना दाजुभाइलाई धन्न नराम्रो भएन। खुट्टा टेक्दा समेत चिप्लिनेबाटामा दुई पल्ट लडेपछि करीव एक किलोमीटर ठेलेर बाईक ल्याएको अनुभव फिदिममा आहिपुगेर सुनाए।

यो अनुभव उनको मात्र होईन। तुसारोका कारण पौवाभञ्याङ देखि फिदिमको रमितेको फेदीसम्म चिप्लिएर लड्ने क्रम दिनौँ चल्छ। बाटोलाई छपक्क छोपेर परेको तुसारोका कारण जोखिम बढेको छ। शनिवार यहि तुसारोमा  चिप्लिएर जिप दुर्घटना हुदाँ एकको मृत्यु र सात गम्भिर घाईते भए । दैनिक जसो मोटरसाईकल दुर्घटना हुने गर्छ । पौवाभञ्याङ देखि रमितेसम्मको करीव १२ किलोमीटर सडक खण्ड तुसारोले अत्यान्त जोखिमपूर्ण बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख उत्तम भण्डारी बताउँछन् । यहि कुदिराख्ने भन्दा पनि नयाँ आउनेहरु बढि जोखिममा परेको उनको भनाई छ ।

हिउँदमा यो खण्डमा बाक्लो गरी तुसारो पर्छ। घाम राम्रोसँग नपुग्दा तुसारो सुक्न पाउँदैन। दुई चक्के सवारी साधन बढी जोखिममा पर्ने गर्छन। कान्छिदोकान, लालीखर्कमा बढि चिप्लो हुन्छ। लेकाली क्षेत्रभएकाले कठाङ्ग्रीने चिसोमा परेको सित अत्यान्त चिप्लो हुने गर्छ । चार चक्को सवारी साधन चलाउनपनि अत्यान्त जोखिम हुने गरेको चालकहरु बताउँछन् । ओरालो बाटो भएकाले बढि चिप्लिने डर हुन्छ । पिचलाई छोप्नेगरी तुसारो परेको हुन्छ । केहि ठाँउमा अत्यान्त बाक्लो हुने गर्छ  । मोटरसाईकल बढि जोखिममा छन् ।  बेला बेला चार चक्कै गाडीनै चिप्लने गरेको अनुभव छ राँकेका स्थानीय बासिन्दा केवल तामाङको।

साह्रै जोखिम भएकाले होसियारी अपनाउनु पर्ने अवस्था रहेको भण्डारी बताउँछन् । सचेतना जगाउनका लागि यो खण्डका दश स्थानमा सन्देशमुलक बोर्ड राखिएको उनले बताए। तुसारो भएका ठाँउमा सारै विस्तारो गाडी चलाउने, चिप्लो ठाँउमा ब्रेक कम लगाउने, गाडी क्रस गर्दा धेर छेउमा नलाने, हर्न बजाईरहने सुझाव भण्डारीको रहेको छ।

पिचमा पानी वगेजस्तो देखिने हुदाँ छुट्याउन गारो पर्ने हुन्छ । रातीको समयमा तुसारो कम देखिदा समेत चिप्लिने अवस्था हुने भण्डारी बताउँछन् । घाम नलाग्ने हुँदा जोगिने अरु विकल्प नभएको भनाई छ।

रोक्न खोज्दा नरोकिने, ब्रेक लगाउदा घुमेर लडेको अनुभव वानियाँले सुनाए। चिसो ठाँउमा चिप्लेर लडेपछि बाई उठाउनै कठिन हुने अवस्था समेत आउँछ । बाहिरबाट आएकाहरु बढि तुसारोको सिकार हुने गर्छन।

प्रकाशित: ३ माघ २०७३ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App