coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सुन र मुद्रा सहित पक्राउलाई संगठित अपराधमा म्याद थप

काठमाडौं– प्रहरीले शनिबार सुन र अवैध विदेशी मुद्रा सहित पक्राउ गरेका तीन चिनियाँ नागरिक र दुई नेपालीलाई संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धानका लागि म्याद लिएको छ। महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंलाई संगठित अपराधमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले सात दिन हिरासत म्याद दिएको छ।

शनिबार महाशाखा र  प्रहरी वृत्त बालाजुले भिन्दाभिन्दै करिब पौने पाँच करोड नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रा र १५ किलोग्राम सुन सहित तीन चिनियाँ र दुई नेपालीलाई पक्राउ गरेको हो।

महाशाखाको टोलीले ठमेलबाट भाडाको स्कोरपियो गाडी लिएर गल्छी हुदै केरुङ जादै गरेका दुई महिला सहित तीन चिनियाँ र नेपाली सवारी चालकलाई नागढुङगाबाट पक्रेको हो। महाशाखाको बिशेष टोलीले चिनियाँ नागरिक चाङ तोङ फाङ, चौ स‍लियन, चाउ लियाङ फङ र सवारीचालक  पेम्बा तामाङलाई सुटकेशमा फल्स बटम बनाएर विभिन्न देशका मुद्रा केरुङ नाका हुदै तस्करी गर्दै रहेको अवस्थामा पक्राउ गरेको हो।

बालाजु प्रहरीले शनिबार विहान साढे एकबजे चमती क्षेत्रबाट टाटा सुमो गाडीको इन्जिनमा लुकाएको अवस्थामा १५ किलो सुन सहित चालक भक्तपुरका रविन्द्र भुजेललाई पक्राउ गरेको हो । महाशाखाले बा.१ य १२३२ नम्बरको हरियो प्लेटको स्क्रिोपियो र बालाजु प्रहरीले बा १ झ ४९६४ नम्बरको कालो प्लेटको टाटासुमो बरामद गरेको हो।

महानगरीय प्रहरीको एउटा इकाईले शनिबार विहान एक तीस बजे १५ किलोग्राम सुन सहित एकजनालाई पक्राउ गर्‍यो। केही दिनअघि केरुङ नाका भएर काठमाडौं हातहतियार, लागुऔषध र सुन भित्रने सुचना पाएको काठमाडौं प्रहरी अर्लट थियो । शनिबार विहान साढे दुई बजे नै प्रहरीकै अर्को इकाईले करिब पौने पाँच करोड नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रा बरामद गर्‍यो। दुई दिन अघिदेखि महाशाखाको टोलीले पच्छाईरहेका चिनियाँ नागरिकलाई उनीहरुको गन्तब्य प्रमाणित गर्न महाशाखाले मौका पर्खिएको थियो।

अनुसन्धान अधिकारीका अनुसार नेपालमा बन्यजन्तुका ओखेटोपहार, मुल्यवान जडिवुटी र रक्तचन्दनमा चिनियाँ नागरिकको लगानी क्षेत्र रहेकाले नगद भित्रन्छ। यसपटक बाहिरीदै गरेको रुपैयाँ सुनकै लागि भएको बुझ्न कठिन छैन । महाशाखाले बरामद विदेशी मुद्राको स्वरुप हेर्दा कुनै एकै ब्यवसाय भन्दापनि विभिन्न क्षेत्रबाट संकलित रकम लुकाई छिपाई केरुङ नाका भएर चिन जादै थियो । यस्तै केरुङबाट आएको सवारीसाधानमा अवैध सुन बरामद भएको हो।

महाशाखाका एक अधिकारी भन्छन,‘ केरुङबाट सुन आयो, पैसा जादै थियो,’। उनका अनुसार पछिल्लो केही वर्षयता यसरी नै हवाई तथा स्थलमार्ग भएर विदेशी मुद्रा जाने र सुन आउनेक्रम चलिरहेको छ।

महाशाखाले अमेरिकी डलर दुईलाख ७४ हजार, युरो एकलाख २८ हजार आठसय,अष्ट्रेलियन डलर चारहजार ६ सय ५०,क्यानेडियन डलर दुईहजार पाँचसय, जापानी येन २२ लाख हाठहजार, चाईनिज युयान तीनहजार एकसय, स्वीस फ्रयांक दुईहजार र हङकङ डलर ३०  बरामद गरेको हो।

 

 

प्रकाशित: २ माघ २०७३ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App