४ वैशाख २०८१ मंगलबार
समाज

हात्ती नियन्त्रणको माग गर्दै माडीमा यातायात बन्द

रत्ननगर (चितवन)– दक्षिण चितवनकोे माडीमा वन्यजन्तुको आक्रमण नियन्त्रणको माग गर्दै स्थानीयले आज यहाँ यातायात बन्द गरेका छन् ।

इलाका प्रहरी कार्यालय माडीका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावर बस्तीमा पसेर जनधनको क्षति पुर्याउँदै आएको भन्दै स्थानीयले वन्यजन्तु नियन्त्रणको माग गर्दै आज यातायात बन्द गरेका हुन्। बन्दका कारण यहाँ सवारी रोकिएको छ।

हिजोमात्रै चितवन निकुञ्जबाट बस्तीमा पसेको हात्तीको आक्रमणबाट माडी नगरपालिका–११ खरकट्ठाका १३ वर्षीय सागर सुनारको मृत्यु भएको थियो । सोही घटनाको विषयलाई लिएर खरकठ्ठा चोकमा प्रदर्शन गर्दै स्थानीयले यातायात बन्द गरेका हुन् । रासस

प्रकाशित: १ माघ २०७३ ०९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App