१६ चैत्र २०८० शुक्रबार
समाज

धारिलो हतियार प्रहार गरी महोत्तरीमा एकको हत्या

महोत्तरी–अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हतिसर्वा–७ संग्रामपुरका २८ वर्षीय अंजनी मिश्रको हत्या गरेको छ। गएराति (शुक्रबारराति) साढे आठ वजे ३÷४ जनाको समूहमा आएका हतियारधारीको समूहले मिश्रको घरमा प्रवेश गरी धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी नलप्रसाद उपाध्यायले बताए ।

हतियार प्रहारबाट गम्भीर घाइते भएका मिश्रलाई उपचारका लागि जनकपुर अंचलअस्पताल लगिएपछि चिकित्सकले मृत घोषित गरेका थिए। वैदेशिक रोजगारबाट केही दिन पहिले घर फर्केका मिश्रको हत्या के कति कारणले भएको अहिले खुल्न सकेको छैन्।

घटनाको प्रत्यक्षदर्शी उनको श्रीमती त्रासका कारण अहिले केही बोल्न सक्ने स्थितिमा नरहेको एसपी उपाध्यायले बताए। अज्ञात व्यक्तिको ती समूहले बोल्ने भाषा स्थानीय नै नरहेको र घटना भए लगतै अपराधिलाई पक्रन जिल्ला भरीका प्रहरीलाई एर्लट गराइएको एसपी उपाध्यायले बताए।
‘घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ। अपराधीलाई कुनै पनि हालतमा हामी उम्कन दिदैनौं,’  उनले भने, ‘हामी अपराधीलाई पक्रन सक्रिय भएर लागेका छौं।’

प्रकाशित: १ माघ २०७३ ०४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App