१६ चैत्र २०८० शुक्रबार
समाज

लाईसेन्सका लागि दुई हजार ३ सय ३९ ले आवेदन दिए

बाग्लुङ- चार वर्षपछि धौलागिरीमा खुलेको सवारी चालक अनुमति पत्रका लागि २ हजार तीन सय ३९ जनाले आवेदन फाराम भरेका छन्। यही पुस २६ गतेदेखि २९ गतेसम्म खुलेको आवेदन दिने समयमा उक्त संख्यामा आवेदन फाराम भरिएको धौलागिरी अञ्चल यातायात व्यवस्था कार्यालय बाग्लुङका प्रमुख राजेन्द्र घिमिरेले बताए। ‘चार दिनको अवधीमा २ हजार ३ सय ३९ जनाले आवेदन दिएका छन्,’ घिमिरेले भने,‘जसमध्ये मोटरसाईकलको लागि एक हजार ८ सय ७३ र स्कुटरका लागि ४ सय ६६ जनाले आवेदन दिए।’

घिमिरेले माघ ८ गते लिखीत परीक्षा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए। ‘माघ ८ गतेलाई लिखीत परीक्षा सञ्चालन गर्ने तयारीमा छौं, तर सर्वर एकदमै ढिला भएर कम्प्युटर रजिष्टर हुनै सकेको छैन,’ उनले भने,‘६ गतेसम्म तीन चार सय जना जतिको कम्प्युटर इन्ट्री गर्न सकियो भने परीक्षा चलाउँछौं, नभए सूचना निकाल्छौं । सर्वरले काम नगरेका कारण एक दिनमा जम्मा ६ जनाको नाम इन्ट्री गर्न सकेको उनले बताए। ‘एक दिनमा जम्मा ६ जनाको नाम इन्ट्री गर्न सक्यौं, हामी बिहान राती पनि अपडेट गर्ने प्रयास गरिरहेका छौं,’ उनले भने । कम्प्युटर अपडेट भएकाहरुका लागि क्रमैसंग परीक्षा लिने तयारीमा कार्यालय रहेको उनले सुनाए । कार्यालयले तीन दिन मोटरसाईकल र शुक्रबार एक दिन स्कुटरको आवेदन माग गरेका थियो।

प्रकाशित: २९ पुस २०७३ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App