coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोली प्रहार गरी हत्यामा संलग्न अभियुक्त पक्राउ

पर्सा–हत्यामा संलग्न मुख्य अभियुक्त प्रक्राउ गर्न प्रहरीले एक राउण्ड गोली प्रहार गरेको छ। बारा काटघाट जंगलमा पुस १३ गते २ जनालाई घाँटी रेटी हत्या गरी फरार रहेका मुख्य अभियुक्त  बारा महागढिमाई– ८ का गिरीबाबा भन्ने २६ वर्षीय बृज किशोर गिरीलाई  प्रक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको हो।

गिरी पर्सा बिजबानिया–७ गढवा टोल स्थित अजय गिरीको घरमा लकेर बसेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले आइतबार नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली फायर गर्दा १ राउण्ड गोली उनको बाँया खुट्टाको घुडा मुनि लागेको प्रहरीले जनाएको छ।

घाइते अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारकालागि नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजबाट थप उपचारकालागि नँया मेडिकल कलेज भरतपुर चितवनमा लगिएको छ ।

प्रकाशित: २५ पुस २०७३ ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App