१५ चैत्र २०८० बिहीबार
समाज

विद्यार्थीलाई न्यानो लुगा वितरण

कृष्ण ओली

बाजुरा- सत्यवादी मावि भौनेरामा अध्ययनरत विद्यार्थीलाई न्यानो लुगा सहयोग गरिएको छ। विद्यालयमा अध्ययनरत सम्पूर्ण ३८० जना विद्यार्थीलाई चिसो छल्न न्यानो लुगा सहयोग गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्मर महतले बताए।

गरिब तथा विपन समुदायका बालबालिकालाई लक्षित गरी व्यक्तिगत पहलमा ४ लाख बढीको न्यानो लुगा प्रत्येक विद्यार्थीलाई सहयोग गरिएको हो। काठमाडौंमा बस्दै आएका समाज सेवी आलोक तुम्फाहाम्फेको समन्वयमा उक्त कार्य सफल भएको विद्यालयले जानकारी दिएको छ।

विद्यालयको अवस्था बारे आलोश सरलाई कुरा राख्यौं, उहाँले आफ्नो फेसबुक स्टाटसमा दुर्गमको विद्यालयलाई सहयोगका लागि आह्वान गर्नु भयो, त्यसबाटै उक्त सहयोग रकम संकलन भयो, विव्यस अध्यक्ष डम्मर महतले भने । विशुद्ध उहाँकै पहलमा सहयोग गर्ने कार्य संभव भएको हो, महतले थपे।

चिसो सिजनलाई लक्षित गरेर एक/एक जोडा न्यानो लुगा सहयोग प्राप्त भएको प्रअ मानबहादुर हमालले बताए । तुम्फाहाम्फेकै पहलमा १६ जना देशी तथा विदेशी दाताले सहयोग प्रदान गरेका हुन् । एक जनालाई काठमाडौंमै एक हजार बढी मूल्य पर्ने न्यानो लुगा खरिद गरिएको थियो।

उक्त लुगा विद्यालयले ढुवानी गरेको थियो । एक औपचारिक कार्यक्रमका बीच लुगा हस्तान्त्रण गरिएको थियो । एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, जिल्ला शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मी लगायतले सहयोगी मनहरुबाट प्राप्त लुगा सम्बन्धीत विद्यार्थीलाई हस्तान्त्रण गरेका हुन्।

प्रकाशित: २४ पुस २०७३ १३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App