८ वैशाख २०८१ शनिबार
समाज

घाईते कार्कीको खर्च अभावमा मृत्यु

उदयपुर- शुक्रबार साँझ भएको हर्देनी जीप दुर्घटनामा घाईतेमध्ये एकको आईतबार निधन भएको छ। दुर्घटनामा घाईतेहरुको उपचार खर्च बेहोर्ने जीप मालिककै निधन भएका कारण खर्च अभावमा अस्पतालले उपचार गर्न नमानेपछि घाईते लिलबहादुर कार्कीको राजधानीस्थित वीर अस्पतालमा उपचार गर्न लगेको आधा घण्टामै निधन भएको हो।

दुर्घटनालगत्तै विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएकोमा २ लाख रुपैंया माग्दा दिन नसकेपछि अस्पतालले कोशी अञ्चल अस्पताल रिफर गरेको थियो। तर, कोशीले विरामी लिन नमानेपछि खर्च अभावमै कटारी फिर्ता ल्याइएका कार्कीलाई सरकारले उपचार खर्च बेहार्ने भनेपछि राजधानी लगिएको थियो। शनिबार राति हिडाइएको कार्कीको वीरमा पुगेको आधाघण्टाभित्रै निधन भएको हिमाली यातायात व्यवसायी संघका उपमहासचिव शत्रुघन कार्कीले बताए।

खर्च अभावमा नीजि अस्पतालहरुले घाईतेको उपचार गर्न नमानेको समाचार नागरिक अनलाईनमा शनिबार प्रकाशित भएपछि माओवादी केन्द्रकी सांसद भेषकुमारी राउत कोपिलाको पहलमा गृह मन्त्रालयले उपचार खर्च बेहार्ने जनाएको थियो। सरकारले उपचार खर्च बेहोर्ने भनेपछि कार्कीलाई शनिबार राति नै विराटनगरदेखि ल्याएर एम्बुलेन्समार्फत राजधानी पठाइएकोमा उपचार गर्न नभ्याई निधन भएको कार्कीले बताए।

अन्य घाईतेमध्ये ३ जनाको विराटनगरमा र २ जनाको राजधानीमा उपचार भईरहेको र सबै खतरा मुक्त रहेको जिल्ला प्रहरी प्रमुख एसपी नरबहादुर केसीले बताए।

प्रकाशित: २४ पुस २०७३ १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App