१६ चैत्र २०८० शुक्रबार
समाज

एक हजारमा एसएलसीको प्रमाणपत्र

काठमाडौं– प्रहरीले एकहजार रुपैयाँमा एसएलसीको प्रमाण पत्र बनाउने ब्यक्ति सहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र देखि सरकारी कार्यालय र मन्त्रालयसम्मका नक्कली पत्र बनाउने तीनजनालाई पक्रेको हो।

कम्प्युटर १ थान, रंगिन प्रिन्टर २ थान, नक्कली प्रमाणपत्र  तथा लाब्धाङ पत्र , सेक्सन अफिसर लेखिएको छाप, टोखा नगरपालिका लेखिएको लेटरप्याड, विभिन्न दुताबासहरुको लेटरप्याड, विभिन्न प्राइभेट कार्यालयहरुको नामको लोगो भएको छाप लगायतका सामानहरु बरामद भएको थियो।

पक्राउ पर्नेहरुमा काठमाडौं सिनामंगल बस्ने कास्की चापाकोट–६ का ३२ वर्षीय यम भन्ने ऐनबहादुर थापामगर, सामाखुशी रानीबारीस्थित आइटि भेट टेक्नोलोजीका संचालक काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ३५ वर्षीय विकास रम्तेल र उक्त साइबरमा काम गर्ने काठमाडौं बालाजु बस्ने तनहुँ मिर्लाङ–३ घसरका २९ वर्षीय भगवान भण्डारी रहेका छन्।

महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार वैदेशिक रोजगार तथा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने युवायुवतीलाई गिरोहले आवश्यक कागजपत्र निश्चित रकम लिएर बनाईदिने गरेको बताए। उनले गिरोहले हालसम्म के कति जनाको नक्कली कागजपत्र बनाएका छन अनुसन्धान भै रहेको जानकारी दिए। अारेपीले एसएलसी सर्टिफिकेट १ हजार रुपैयाँ लिएर बेच्ने गरेको बताएका छन्।

प्रहरी टोलीले ऐनबहादुर थापामगरलाई यमबहादुर थापाको नामको एसएलसीको नक्कली प्रमाणपत्र सहित पुस १८ गते काठमाडौं महानगरपालिका–३० जमलबाट पक्राउ गरेपछि उक्त टेक्नोलोजीका संचालक रम्तेल तथा भगवान भण्डारीले १ हजार रुपैयाँमा बनाएको खुल्न आएको थियो।

साइवर खानतलासी गर्दा कम्प्युटर १ थान, रंगिन प्रिन्टर २ थान, नक्कली प्रमाणपत्र  तथा लाब्धाङ पत्र , सेक्सन अफिसर लेखिएको छाप, टोखा नगरपालिका लेखिएको लेटरप्याड, विभिन्न दुताबासहरुको लेटरप्याड, विभिन्न प्राइभेट कार्यालयहरुको नामको लोगो भएको छाप लगायतका सामानहरु बरामद भएको थियो ।

 पक्राउ परेका व्यक्तिहरुलाई ठगी तथा सरकारी छाप दस्तखत किर्ते मुद्दामा आवश्यक कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाएको छ।

प्रकाशित: २० पुस २०७३ १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App