१६ चैत्र २०८० शुक्रबार
समाज

छोरी जन्मिएपछि दलित परिवारमा खुसियाली

छोरी जन्मेको खुसियाली मनाएका श्याम नेपाली र अनिता दर्जी । तस्बिरः जगतबहादुर खड्का

बझाङ– एक दलित दम्पतीले अस्पतालमै छोरी जन्मेको खुसियाली मनाएका छन् । अस्पतालमा प्रसूति गराएबापत पाएको सुत्केरी भत्ताबाट कैलाश– ५ का श्याम नेपाली र अनिता दर्जीले छोरी जन्मेको खुसियालीमा अस्पतालका उपचाररत बिरामीलाई फलफूल बाँडे ।

छोरा जन्मे भोज गर्ने र छोरी जन्मे दुखेसो मान्ने रुढीवादी समाजलाई चुनौती दिँदै उनीहरुले खुसी बाँडेपछि अस्पतालमा उपचाररत बिरामी समेत खुसी भए ।

सुत्केरी भत्ताले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण

‘छोरी जन्मेकामा खुसियाली मनाएको मैले पहिलोपटक देख्दै छु,’ पेटको उपचार गराइरहेका ६० वर्षीया बिरामी रामचन्द्र बोहराले भने, ‘छोरा नभए वंश नरहने र छोरी अर्कैको घरमा जाने भन्दै  अझै पनि समाजमा छोराको आसमा दोस्रो विवाह गरेका थुप्रै उदाहरण पाउन सकिन्छ । मैले नै छोरा पाउन तेस्रो विवाह गरेँ ।’

छोरी जन्मेको खुसियाली मनाएकी अस्पतालमा उपचाररत ४६ वर्षीया डल्ली देवीजाग्रीले आफूले छोराका आफूले सौता बेहोर्नुपरेको दुखेसो पोखिन् ।
‘घरमा मेरा सात छोरी छन्, छोराका लागि मैले आठौँ सन्तानलाई जन्म दिनुप¥यो । ममाथि सौता समेत भिœयाइयो । छोरी जन्म दिएको भन्दै परिवारले अवहेलना ग¥यो,’ उनले भनिन्, ‘यो जोडीले भने पहिलो सन्तान छोरी पाएकामा खुसियाली मनाएको देख्दा मलाई पनि खुसी लागेको छ । जोडी त यस्तो पो हुनुपर्छ ।’
छोरीलाई जन्म दिएकी अनिता पनि निकै खुसी देखिन्छिन् । ‘छोराछोरी समान हुन् । पहिलो सन्तान छोरी भएकामा खुसी छु,’ उनले भनिन्, ‘हामीलाई छोराछोरी बराबरी । दोस्रो सन्तान जे भए पनि परिवार नियोजन गर्ने सोचमा छौँ ।’
जिल्ला अस्पतालमा छोरी भएको खुसियाली  मनाएको यो पहिलोपटक भएको डा. विष्णु खतेवडाले बताए ।
उनले भने, ‘छोरा जन्मेको खुसियाली सबैले मनाउँछन् । यो जोडीले छोरी जन्मेको खुसियाली मनाएको नमुना नै बनेको छ ।’

 

प्रकाशित: २० पुस २०७३ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App