१६ चैत्र २०८० शुक्रबार
समाज

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान

काठमाडौं- ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ यस पटक दुई जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट र शिक्षा राज्यमन्त्री धनमायाँ विक र शिक्षा सचिव शान्त बहादुर श्रेष्ठले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा रु. ७५ हजार राशीको उक्त पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका सूर्यप्रसाद पाण्डे (काठमाडौं) र कान्तिपुर दैनिकका मकर श्रेष्ठ (काठमाडौं) लाई संयुक्तरुपमा प्रदान गरे।

यसैगरी पाँच विकास क्षेत्र र उपत्यकालाई १ क्षेत्र मानी ६ क्षेत्रलाई प्रदान गरिने रु. २५ हजार राशीको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पूर्वाञ्चलबाट अमर खड्का (नागरिक दैनिक–सुनसरी) र कोकिला ढकाल (राजधानी दैनिक–इलाम)  मध्यमाञ्चलबाट ध्रुव दंगाल (नागरिक दैनिक–सिन्धुपाल्चोक), दिवाकर भण्डारी (अन्नपूर्ण पोष्ट–बारा) र पश्चिमाञ्चलबाट बसन्त गिरी (गोरखापत्र–कपिलवस्तु) र कृष्ण खनाल (बुटवल टुडे दैनिक–रुपन्देही), मध्यपश्चिमाञ्चलबाट लक्ष्मण केसी (आजको शिक्षा साप्ताहिक–रुकुम) र गिरु भण्डारी (कान्तिपुर दैनिक–प्युठान) र सुदूरपश्चिमाञ्चलबाट कृष्ण ओली (नागरिक दैनिक–बाजुरा) र भवानी भट्ट (कान्तिपुर दैनिक–कञ्चनपुर) गरी ५ क्षेत्रमा संयक्तरूपमा प्रदान गरियो। उपत्यकाबाट लिलप्रसाद चन्द (सामुदायिक सूचना नेटवर्क–काठमाडौं) लाई प्रदान पुरस्कार प्रदान गरियो।

प्रकाशित: १९ पुस २०७३ १४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App