७ वैशाख २०८१ शुक्रबार
समाज

जेल परेका श्रीमान् छुटाउन ३ हजार ज्यालामा लागूपदार्थ ओसारपसार

लागूपदार्थ बेचविखन र ओसारपसारको आरोपमा पक्राउ परेका विमला थापा हुसेन, बिक्कीकुमार सिंह, सञ्जीतकुमार सिंह र उनीहरूबाट बरामद लागूपदार्थ ।

काठमाडौं— भारतबाट तीन हजार रुपैयाँ ज्यालामा लागूपदार्थ नेपाल भित्र्याउने युवा समूह सक्रिय रहेको पत्ता लागेको छ। लागूऔषध नियन्त्रण ब्युरोले एक साताअघि थालेको अप्रेसनमा दुई युवाले तीन हजार रुपैयाँ पाउने सर्तमा शरीरमा सयौं थान मनोद्दीपक लागूपदार्थ बेरेर भारतबाट काठमाडौं आएको खुलेको हो। 

ब्युरोका प्रमुख डिआइजी जयबहादुर चन्दले समकक्षी प्रहरीको सहयोगमा घटना न्यूनीकरणका लागि ब्युरोले काम थाल्ने बताए। उनले केही हजारको लोभमा भारत तथा नेपालका युवा लागूऔषध ओसारपसारजस्तो जघन्य अपराधमा संलग्न हुने गरेको तथ्य खुलेको बताए।
‘हामी समकक्षी प्रहरीसँगको सहयोगमा सचेतना बढाउने अभियान सञ्चालन गर्ने योजनामा छौं। केही हजारको लोभमा भारतीय युवा भरिया भइरहेको पुष्टि भएको छ,’ चन्दले भने।

मलाका श्रीमान् मन्सुर हुसेनलाई ब्युरोले २०७२ भदौ १६ गते टेकुस्थित माली पेट्रोल पम्पबाट बुपे्रनर्फिन २ सय २० एम्पुल र डाइजेपाम २ सय २० एम्पुलसहित पक्राउ गरेको थियो। मन्सुर केन्द्रीय कारागार जगन्नाथ देवलमा सजाय भुक्तान गरिरहेका छन्।

ब्युरोले भारत पूर्वी चम्पारण बिसुनपुरवा घर भएका १८ वर्षीय बिक्कीकुमार सिंह र १७ वर्षीय सञ्जीतकुमार सिंहलाई सोमबार कालीमाटीबाट पक्राउ गरेको हो। ब्युरोले सिंहद्वयद्वयलाई डाइजेपाम ५ सय एम्पुल, बुपे्रनर्फिन ५ सय एम्पुल र फेनारगन एक हजार एम्पुलसहित पक्रेको हो। दुवैले बरामद लागूऔषध काठमाडौंमा रहेकी विमला थापा हुसेनले काठमाडौंबाट पठाएको ७० हजार रुपैयाँमा खरिद गरी नेपाल ल्याएको बयान दिएका छन्। दुवैले काठमाडौंबाट रकम पठाएपछि नेपाल–भारत सीमा क्षेत्रमा गई भारतबाट उक्त लागूपदार्थ ल्याउने गरेको ब्युरोको अनुसन्धानमा खुलेको छ।

ब्युरोका डिएसपी अपिल बोहराका अनुसार कारागारमा कैद भुक्तान गरिरहेका दीर्घरोगी श्रीमान् छुटाउन विमला आफैं लागूऔषधको कारोबारमा संलग्न रहेको खुलेको छ। बोहराका अनुसार विमलाले जरिबानाबापतको रकम जोहो गर्न लागूऔषध काठमाडौं मगाएकी हुन्। लागूऔषध नियन्त्रण ब्युरोले पुस १४ गते ललितपुर लेलेकी विमलालाई पक्राउ गरी अनुसन्धान थालेको थियो। 

ब्युरोका अनुसार विमलाका श्रीमान् मन्सुर हुसेनलाई ब्युरोले २०७२ भदौ १६ गते टेकुस्थित माली पेट्रोल पम्पबाट बुपे्रनर्फिन २ सय २० एम्पुल र डाइजेपाम २ सय २० एम्पुलसहित पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतले मन्सुरविरुद्ध २०७३ असोज १७ गते ३ वर्ष ६ महिना कैद र २ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। मन्सुर केन्द्रीय कारागार जगन्नाथ देवलमा सजाय भुक्तान गरिरहेका छन्।

ब्युरोले विमलाको साथबाट बुपे्रनर्फिन २९ एम्पुल र डाइजेपाम ३९ एम्पुल बरामद गरेको छ। ब्युरोले उक्त लागूपदार्थमा मिसावट गरी दुरुपयोग हुने औषधि फेनारगन ४४ एम्पुलसमेत उनको साथमा रहेको लेडिज ब्यागबाट बरामद गरेको छ। बरामद भएको सबै लागूऔषधको अवैध बजारमा मूल्य आठ लाख ६२ हजार रुपैयाँ पर्ने प्रहरीले जनाएको छ।

 

प्रकाशित: १९ पुस २०७३ १०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App