१६ चैत्र २०८० शुक्रबार
समाज

पिलाछेँ नमुना बस्ती बनाउन स्थानीय सक्रिय

ललितपुर- आफ्नो बस्तीलाई सक्दो चाँडो पुनर्निर्माण गरी नमुना बस्तीको रुपमा चिनाउन यतिखेर पिलाछेँवासी तनमनका साथ जुटेका छन्। उनीहरु बिहानदेखि बेलुकीसम्म काममा जुट्छन्। अघिल्लो वर्ष भूकम्पले क्षति पुर्‍याएको पिलाछेँलाई पुनर्निर्माणपछि नमुनाबस्ती बनाउन हातेमालो गरेको स्थानीयको भनाइ छ।

'पिलाछेँ पुनर्निर्माण तथा पयर्टन प्रवर्द्धन परियोजना' स्थापना गरी भूकम्पले ध्वस्त ८२ घर पुनर्निर्माण थालिएको हो। हालसम्म भूकम्पले ध्वस्त बनाएका ५२ घरको भग्नावशेष हटाएर १० घर निर्माण भइरहेकोे पिलाछेँ पुनर्निर्माण तथा पयर्टन प्रवर्द्धन परियोजना प्रमुख रमेश महर्जनले बताए। 'घर निर्माण स्थानीय सक्रिय भएर लागिपरेका छन्। अन्य टोलवासी समेत आएर सहयोग गरिरहेका छन्,' उनले भने।

स्थानीयले नमुना बस्तीका रुपमा पुनर्निर्माण गर्ने चासो देखाएकाले सोहीअनुरुप काम थालिएको परियोजना सचिव महेन्द्र महर्जनले बताए। उनका अनुसार टोलका अगुवाले पुनर्निर्माणपछि घरजग्गाको भाउ बढ्ने, आम्दानीका ढोका खुल्ने र अहिलेको बस्ती नमुना बस्तीमा परिणत हुने भनी स्थानीयलाई आश्वस्त पारेका थिए।

'यो बस्ती मल्लकालीन ऐतिहासिक बस्ती पनि हो,' परियोजना सचिव महर्जनले भने, 'कला, संस्कृति र परम्परामा धनी भएर पनि समयको चाप पछ्याउन नसक्दा लामो समयदेखि यो बस्ती ओझेलमा पर्दै आएको थियो, अब भने पुरानै अवस्थामा पुग्नेछ।'

परियोजना अध्यक्ष महर्जनले राष्ट्रिय योजना आयोगले पनि भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत पिलाछेँलाई नै पहिलो नमुना परियोजनाका रूपमा छनोट गरेपछि पुनर्निर्माणमा  स्थानीय अग्रसर भएको बताए।

त्यस्तै, आयोगका पूर्वसदस्य स्वर्णिम वाग्लेले नमुना बस्ती निर्माणको प्रस्तावसहित पिलाछेँका स्थानीय संगठित भएकाले योजना आयोगले पनि यो बस्तीलाई नमुना बस्तीका रूपमा छनोट गरेको जानकारी दिए।

परियोजनाका अनुसार पिलाछेँका ८२ घरलाई नेवारी संस्कृति र कला झल्किने गरी भूकम्पप्रतिरोधी तबरले पुनर्निर्माण गर्न थालिएको छ।

भूकम्पले क्षति भएको पिलाछेँ टोल ऐतिहासिक र सांस्कृतिक हिसाबले पनि सम्पन्न नेवारी बस्ती हो। यो टोलमा ४० वटा बहाल रहेका छन्। पाँच रोपनीमा फैलिएको भिन्छँे बहाल प्रस्तर कलाका क्षेत्रमा पनि परिचित छ।

ऐतिहासिक र सांस्कृतिक सम्पदाको केन्›मै पुनर्निर्माण हुन लागेको पिलाछेँ बस्तीलाई पर्यटकीय विकासमा महŒवका साथ हेरिएको छ। नमुनाबस्ती पुनर्निर्माणका लागि करिब ४८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। त्यसका लागि २५ प्रतिशत स्थानीय घरधनीबाट, २५ प्रतिशत भौतिक सामग्री र स्वयंसेवकको श्रमदान, २५ प्रतिशत माया फाउन्डेसन र बाँकी सहुलियत ऋण प्रवाह गर्ने बैंकबाट लिइनेछ। पुनर्निर्माणमा हालसम्म तीन करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको परियाजनाका सचिव महर्जनले बताए।

पुनर्निर्माणमा आर्थिक सहयोगका लागि वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले तिलगंगा फाउन्डेसनका तर्फबाट चार करोड रुपैयाँ सहयोग गर्ने भएका छन्। त्यसमध्ये दुई करोड रुपैयाँ उनले परियोजनालाई हस्तान्तरण गरिसकेका छन्। च्वाइस नेपालले ५० लाख रुपैयाँ, व्यवसायी तीर्थलाल महर्जनले ५० हजार इँटा सहयोग गरेका छन् भने निर्माण सामग्री विक्रेताले सिमेन्टलगायत निर्माण सामग्री उपलब्ध गराउन थालेको महर्जन बताउँछन्। त्यस्तै, नक्सा डिजाइन र इन्जिनियिरिङको जिम्मा सिई कन्स्ट्रक्सन र सिई सोलसुन्सले लिएको छ।

गत माघ २ मा औपचारिक रूपमा सुरु भएको परियोजना अबको साढे दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको परियोजनाका म्यानेजर मदनराज महर्जनले बताए।

'पिलाछेँ पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भए त्यसको अनुशरण भक्तपुर, बुङमती, बारपाक र सिन्धुपाल्चोकलगायत स्थानमा गर्न सकिन्छ, हामीले तोकिएको समयमै बस्ती पुनर्निर्माणको काम सक्छौँ,' उनले भने।

प्रकाशित: १९ पुस २०७३ ०४:०१ मंगलबार

पिलाछेँ नमुना बस्ती बनाउन स्थानीय सक्रिय