१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

डाकाले प्रहार गरेको चिर्पट लागेर एकको मृत्यु

इटहरी—मोरङ जिल्लाको सुन्दरदुलारी–६ निवासी ५७ वर्षीय धनबहादुर गुरुङलाई कृष्ण आयल ट्रेडर्समा डकैती गर्न आएका डाँका समूहलाई खेदाउने क्रममा डकैती समूहका मानिसले टाउकोमा प्रहार गरेको चिर्पटका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीले जानकारी दिएको छ।

पम्पमा भएको त्यो घटनामा प्रहरी ढिलो आएको र प्रहरीले स्थानीयवासीसँग रुखो व्यवहार गरेको भन्दै स्थानीयवासीले दुलारी सडकखण्डमा चक्काजामसमेत गरेका छन्।

गएराति १२ बजे शरीर र अनुहारमा मोबिल दलेर सखुवाको आग्लो बोकेर रिक्सामा पेट्रोल पम्प पुगेका ती डाँकाले पम्पमा रहेका पुष्पप्रसाद सिग्देललाई ढोका खोल्न भनेका थिए। अब मरिने भइयो भनेर छतमा चढी हामफालेर चोर चोर भन्दै भागेपछि गाउँले पम्पतिर आउँदा ती चोरले गुरुङलाई प्रहार गरेका थिए।

डाका समूहले प्रहार गरेर गम्भीर घाइते भएका गुरुङलाई तत्काल उपचारका लागि नोबेल मेडिकल कलेज पुर्‍याइ सघन उपचार कक्षमा उपचार गरिएको भए पनि उनलाई बचाउन सम्भव नभएको बताइएको छ।

डाका समूहका एक जना पनि घाइते भएका छन्। झापा जलथल निवासी भूपेन्द्र गिरी नाम बताउने उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

स्थानीय गाउँलेले चारैतिर घेरेर कुटपिट गरिएका ती डकैती समूहका गिरी थर बताउनेको अवस्था पनि चिन्ताजनक रहेको प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए।

पम्पमा भएको त्यो घटनामा प्रहरी ढिलो आएको र प्रहरीले स्थानीयवासीसँग रुखो व्यवहार गरेको भन्दै स्थानीयवासीले दुलारी सडकखण्डमा चक्काजामसमेत गरेका छन्। रासस

प्रकाशित: १८ पुस २०७३ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App