७ वैशाख २०८१ शुक्रबार
समाज

सामाजिक सुरक्षा भत्ता गाविस सचिवको खल्तिमा

पौष-सामाजिक सुरक्षा भत्ताको रकम लामो समय गाविस सचिवका खल्तिमा रहने गरेको छ।

गाविस सचिवहरुले बालबालिका, जेष्ठ नागरिक र अपाङ्गको भत्ता रकम असोजमा नै लिए पनि वितरण गरेको विल भर्पाइ हालसम्म जिल्ला विकास समितिमा बुझाएका छैनन्। पहिलो किस्ता बेरुजु रहेपछि दोस्रो किस्ता निकासामा समस्या भएको जिविसले जनाएको छ।

रकम भुक्तानी लिए पनि गाउँमा वितरण नगरेर लामो समयसम्म गाविस सचिवले आफै चलाउने गरेका जिविस कर्मचारी बताउँछन्।

चालु आर्थिक बर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ताको रकम असोजमा नै भुक्तानी दिएको र हालसम्म २४ वटा गाविसमध्ये सातवटा गाविसले मात्र फरफारक बुझाएका जिल्ला विकास समिति सामाजिक सुरक्षा शाखाका फोकल पर्सन प्रदिप रावलले जानकारी दिए।

पहिलो चौमासिकको बिल भर्पाइ बुझाउन गाविस सचिवहरुलाई तीन पटकसम्म ताकेता पत्र पठाए पनि हालसम्म नार्थपु, सेरी, श्रीकोट, खमाले, रुगा, रारा र कालै गाविसले मात्र भर्पाइ बुझाएका तर अन्य गाविसको बाँकी रहेको रावलले बताए।

गाविस सचिवले जिल्ला विकास समितिबाट सामाजिक सुरक्षा भत्ता भुक्तानी लिएको ३५ दिन भित्र सामाजिक सुरक्षा भत्ता वितरण गरेको सक्कल बिल भर्पाइ जिल्ला विकास समितिमा पेश गर्नु पर्ने सामाजिक सुरक्षा निर्देशिकामा उल्लेख भएपनि गाविस सचिवहरुले निर्देशिका पालना नगरेका जिविसका लेखापाल रमाकान्त आचार्यले बताए।

प्रकाशित: १७ पुस २०७३ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App