coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विष खुवाएर हत्या गर्ने नेपाली पक्राउ

सुर्खेत- अदालतबाट कर्तव्य ज्यान मुद्दामा कैद सजायको फैसला गरिएका एक अभियुक्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। २०७१ वैशाख १५ गते जर्टुटा–४ कि १४ वर्षीया लिला रोकायलाई विष खुवाएर मारेको अभियोगमा जिल्ला अदालत सुर्खेतबाट १९ वर्ष १० महिना २७ दिन कैद तोकिएका वीरेन्द्रनगर–११ का खगेन्द्र नेपालीलाई पक्राउ गरिएको डिएसपी बहादुरजंग मल्लले जानकारी दिए। जिल्ला अदालतले २०७२ जेठ १८ गते नेपालीलाई उक्त सजय फैसला गरेको थियो।

'घटनादेखि नै फरार रहेका नेपालीलाई घरमै लुकिरहेको अवस्थामा मंगलबार राति ११ बजे पक्राउ गर्‍यौं,' उनले भने, 'जिल्ला अदालत हुँदै बुधबार उनलाई सजाय भुक्तानका लागि कारागार चलान गरेका छौं।' प्रहरीका अनुसार प्रहरी नायब निरीक्षक ध्रुव बोहराको कमाण्डमा गएको टोलीले पक्राउ गरेको हो।

 

प्रकाशित: १३ पुस २०७३ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App