१ श्रावण २०७७ बिहीबार
समाज

युवती भगाउने युवक पक्राउ

धनकुटा–युवती भगाएर भारत लैजादै गरेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आँखिसल्ला गाविस– ८ निवासी ३४ वर्षीय लेखबहादुर परियारलाई प्रहरीले काँकडभित्ताबाट पक्राउ गरेको हो । मेची सिमानामा खटिएका विश्व सेवा विस्तार संस्थाका कर्मचारीहरुको सहयोगमा परियार पक्राउ गरी युवतीको उद्दार गरेको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए ।

परियारले धनकुटा अँखिसल्लाकै १६ वर्षीया एक युवतीलाई विहे गर्छु भन्दै पुस ६ गते लिएर हिडेका थिए । युवतीको परिवारको उजुरीको आधारमा चेकजाँच गर्दा पुस १२ गते उनलाई पक्राउ गरिएको हो । उनलाई मानव बेचविखान, ओसपसार र जर्वजस्त करणी मुद्दा चलाउने तयारी भईरहेको प्रहरीले बताएको छ ।  
 

प्रकाशित: १३ पुस २०७३ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App