८ वैशाख २०८१ शनिबार
समाज

मन्त्रीको हेलिकोप्टरले मजदुरको टहरो उडायो

बाणिज्य मन्त्री रुमी गौचन थकाली चढेको हेलिकोप्टर अवतरण गर्ने प्रयास गर्दै। तस्विरः शंकर श्रेष्ठ

धादिङ—नेपाली कांग्रेसले सोमबार जिल्ला सदरमुकाम धादिङबेसीमा आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन आएका बाणिज्य मन्त्री रोमी  गौचन थकाली चढेको हेलिकोप्टरले खोलामा काम गर्ने मजदुर बसोबास गर्दै आएको छाप्रोको त्रिपाल उडाइ दिएको छ।

खोलाको बगरमा परेकोले बेस्सरी धुलो उडेको थियो। मजदुरहरुले उडाएको छाप्रो फेरि त्रिपालले टालटुल गरेका छन्।

हेलिकोप्टर ल्याण्ड गर्न लाग्दा पङ्खाबाट निस्किएको हावाले सदरमुकाम नजिकै थोपलखोला किनारमा वाल लगाउने काम गर्दै आएका मजदुरहरु बस्ने छाप्रो उडाएको हो । छाप्रोमा १६ जना मजदुर बस्दै आएका थिए।

छाप्रो भत्किँदा उनीहरुले खाने पकाउने भाँडा, ओड्ने ओछ्यउने र लगाउने लत्ताकपडा धुलाम्मे बनेको छाप्रोमा बसिरहेका मजदुर बिरु विकले बताए। ‘काम गरेर एकछिन सुत्नुपर्‍यो भनेर सुतेको थिएँ। हुरीबतास चलेजस्तो भयो, ठूलो आवाज आयो, आँखा हेर्नै सकिएन, आँखा खोल्दा त छाप्रो नै रहनेछ।’

हेलिकोप्टरले उडाएको त्रिपाल

खोलाको बगरमा परेकोले बेस्सरी धुलो उडेको थियो। मजदुरहरुले उडाएको छाप्रो फेरि त्रिपालले टालटुल गरेका छन्।

वीपी स्मृति भवन शिलान्यास कार्यक्रममा सहभागी हुन वरिष्ट नेता रामचन्द्र पौडेल, रामशरण महत, मिनेन्द्र रिजाल, सरिता प्रसाईं, बाणिज्य राज्यमन्त्री कञ्चन चन्द्रवादे लगायतका नेता गाडीमा नै आएका थिए। बाणिज्य मन्त्री थकाली हेलिकप्टरबाट आएका हुन्।

हेलिकप्टरबाट कार्यक्रममा सहभागी हुन आएकाले आफूलाई सुरुमै बोल्न दिन उनले आयोजकसँग आग्रह गरेका थिए। कार्यक्रमको सुरुमै भाषण गर्न नपाएपछि मन्त्री थकाली कार्यक्रमलाई सम्बोधन नगरि फर्किएका थिए।

*यसअघि बाणिज्य मन्त्री हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ।

प्रकाशित: ११ पुस २०७३ १४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App