१५ चैत्र २०८० बिहीबार
समाज

दुईवटा ट्रक ठोक्किँदा धादिङमा एक जनाको मृत्यु, ३ जना घाइते

धादिङ–पृथ्वी राजमार्ग अन्र्तगत धादिङको वैरेनी–८ खेस्टे खोला नजिकै गय राति दुई वटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।     दुर्घटनामा तीन जना घाइते भएका छन्।    मृत्यु हुनेमा मकवानपुर जिल्ला घर भएका २५ वर्षीय राम लामा रहेका छन् । उनी ना ६ ख १११० नम्बरको ट्रक चालक हुन् ।

काठमाडौं जाँदै गरेको लु १ ख ९५८७ नम्बरको ट्रक र काठमाडौंबाट पश्चिमका जाँदै गरेको ना ६ ख १११० नम्बरको ट्रक एक आपसमा ठोक्किएको हो ।

 दुर्घटनामा घाइते भएका लु १ ख ९५८७ नम्बरको ट्रक चालक रुपन्देहीका खेमराज यादव र रुपन्देही नै घर भएका धर्मराज यादवको राजधानीको सानेपा स्थित स्टार अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ।
    

प्रकाशित: ११ पुस २०७३ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App