६ वैशाख २०८१ बिहीबार
समाज

'प्रहरी र पत्रकार सँगसँगै गए अपराध घट्छ'

बैतडी– जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले आफूले कानुन परिपालनका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन्।

हालै मात्रै बैतडीमा प्रहरी प्रमुख भएर आउनुभएका शर्माले बिहीबार पत्रकारसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा सो कुरा बताएका हुन्। प्रहरी कानुन कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा आफूले कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्ने बताए। उनले पत्रकार र प्रहरी सँगसँगै गएमा समाजमा रहेका अपराधलाई न्यूनीकरण गर्न सकिने बताए। दुवै पक्ष समन्वयकारी हिसाबले अघि बढ्नुपर्ने उनले बताए।

समाजमा अझैपनि विभिन्न खालका समस्या रहेकाले ती समस्याको निराकरणका लागि सबैले एकजुट हुनुपर्ने बताउँदै उनले आगामी दिनमा प्रहरी र सञ्चारकर्मीबीच सम्बन्धलाई अझ मजबुत बनाउनका लागि दुवै पक्ष चनाखो हुनुपर्नेमा प्रनाउ शर्माले जोड दिए।

पत्रकार भेटघाट कार्यक्रममा सहभागी पत्रकारले प्रहरीबाट प्राप्त हुने सूचनालाई सहज बनाउन आग्रह गरेका छन्। प्रहरी सूचनाको स्रोत भएकाले दिन मिल्ने सूचना प्रवाहमा तदारुकता देखाउन सञ्चारकर्मीले आग्रह गरे।

दरबन्दीअनुसार प्रहरी नहुँदा समस्या

यसैबीच, बैतडीमा दरबन्दीअनुसार प्रहरी नहुँदा शान्तिसुरक्षामा समस्या हुने गरेको छ । जिल्लाभरि चारसय ३० प्रहरीको दरबन्दी रहेको भए पनि हाल तीनसय ५० मात्र कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख शर्माले जानकारी दिए।

“दरबन्दीअनुसार प्रहरी जनशक्ति जिल्लामा छैन”, प्रहरी नायब उपरीक्षक शर्माले भने, “८० जनाको दरबन्दी खाली छ, यसले प्रहरी सेवालाई नै प्रभावित पार्ने गरेको छ ।” दुर्गम क्षेत्र बढी भएको बैतडीमा प्रहरी प्रशासनलाई जनताको घरआँगनमा पु¥याउनु ठूलो चुनौती बनेको शर्माले बताए। दुई लाख ५० हजारभन्दा बढी जनसङ्ख्या रहेको बैतडीमा एकजना प्रहरीले सातसय १५ जनाभन्दा बढीको सुरक्षा दिने गरेको छ ।

दरबन्दीअनुसार प्रहरी नहुँदा अपराध अनुसन्धान तथा न्यूनीकरण कार्य सम्पादनमा समस्या सिर्जना हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, ट्राफिक प्रहरी पोष्ट, अस्थायी प्रहरी पोष्ट, सीमा प्रहरी चौकी र सामुदायिक प्रहरी सेवा केन्द्र गरी बैतडीमा ३० ओटा प्रहरी कार्यालय रहेका छन् ।

साथै, दरबन्दी कमी हुँदा मागअनुसार प्रहरी परिचालन गर्न तथा प्रहरी सेवा जनताको घर आँगनमा पु¥याउन सकिएको छैन । “हामीसँग भौतिक पूर्वाधारको पनि कमी छ”, प्रहरी नायब उपरीक्षक शर्माले भन्नुभयो, “छिटो र प्रभावकारी सेवाप्रवाहका लागि मानवीय स्रोतसाधनका साथै भौतिक रुपमा पनि प्रहरी प्रशासन बलियो हुन आवश्यक छ ।”

भारतीय सीमा भएका कारण भन्सार छली अवैधरूपमा सामान भित्र्याउने तस्करीका काम पनि उत्तिकै हुने गरेकाले बैतडीमा प्रहरीलाई चुनौती थपिएको छ । यसको अलावा घरायसी झगडा, सामाजिक अपराध, गाउँघरमा हुने घरेलु हिंसा, यौन दुव्र्यवहार, बलात्कार, आत्महत्या जस्ता घटना हँुदा झनै समस्या हुने गरेको छ ।

प्रहरी नायब उपरीक्षक शर्माका अनुसार हाल एउटा प्रहरी चौकीले चारवटा गाविससम्म हेरिरहेको बताए। अपुग प्रहरीको विषयका विभागमा जानकारी गराइएको र जिल्लामा दरबन्दीमा रहेका प्रहरीको व्यवस्थापन गरिए शान्तिसुरक्षामा सजिलो हुने उनले बताए।

भौगोलिक हिसाबले पनि ठूलो रहेको बैतडी जिल्लाका दुई नगरपालिका र ५६ गाविसमा दरबन्दीअनुसार प्रहरी नहुँदा समस्या हुने गरेको छ । प्रहरीको बढुवा हँुदा तल्लो दर्जाको प्रहरीको सङ्ख्या कमी हुनु तथा अवकाश हुनुले प्रहरी अपुग हुने गरेको र अपुग प्रहरीका लागि थप नयाँ दरखास्त नखोल्दा दरबन्दीअनुसार प्रहरीको पदपूर्ति हुन नसकेको हो । रासस

प्रकाशित: ८ पुस २०७३ ०७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App