८ वैशाख २०८१ शनिबार
समाज

आठ वर्षीया बालिका करणी गर्ने लिम्बूलाई दश वर्षको कैद सजाय

ताप्लेजुङ– जिल्ला अदालत ताप्लेजुङले ८ वर्षीया एक नावालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविस– ४ का बुद्धवीर चोङवाङ लिम्बूलाई दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाएको छ ।

अदालतले दोषी ठहर गरेका चोङवाङबाट पीडित बालिकालाई ५० हजार क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ। जिल्ला न्यायाधीश अशोकुमार बस्नेतको इजलासले भोटे भनिने चोङवाङलाई करणी अभियोगमा दोषी ठहर गर्दै कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको हो । जिल्ला अदालतका श्रेष्तेदार गोपालप्रसाद थापाका अनुसार गएको असार २६ गते चोङवाङले ५० रुपैयाँ दिन्छु भनी ८ वर्षीया बालिकालाई ललाई फकाई मकैवारीमा लगेर जबरजस्ती करणी गरेका थिए।

बालिका रुँदै गरेको अवस्थामा अभिभावकले फेला पारी सोधपुछ गर्दा बालिकाले बताएको बयानका आधारमा अभिभावकले प्रहरीमा उजुुरी गरेका थिए । प्रहरीले २८ गते पक्राउ गरी ल्याएका चोङवाङलाई अदालतले साउन २१ गते पुपक्र्षमा राखी अनुुसन्धान गर्न आदेश दिएको थियो । अहिले उनी जिल्ला कारागारमा थुनामा रहेका छन् ।

प्रकाशित: ५ पुस २०७३ १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App