१६ चैत्र २०८० शुक्रबार
समाज

लमजुङ महोत्सवबाटै जालीनोट छाप्ने युवा पक्राउ

प्रहरीले जफत गरेको जालीनोट, नक्कली सवारीचालक अनुमतिपत्र र जग्गाधनी प्रमाणपत्र लगायतका कागजात ।

लमजुङ–जालीनोट बनाउँदै आएका एक युवालाई सदरमुकाम बेसीशहरमा भईरहेको पाँचौं लमजुङ महोत्सवबाट प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।     कम्प्युटरको सहयताबाट घरमै जालीनोट बनाउँदै आएका बेसीशहर नगरपालिका ४ गैरीका ३० वर्षीय राजकुमार श्रेष्ठ महोत्सवस्थलबाट पक्राउ परेका हुन् ।

महोत्सवमा टिकट काट्ने क्रममा जालीनोट दिएपछि शंका लागेर विवाद भएसँगै उनी प्रहरी फन्दामा परेका हुन्। उनलाई पक्राउ गरेपछि उनको घरबाट प्रहरीले तयारी गरिएको एकहजारका २५ थान, पाँच सयका ३ थान, एक सयका ३ थान, पचास रुपैयाँको १ थान, पाँच रुपैयाँको ६ थान, एक रुपैयाँको २८ थान, भारतीय रुपैयाँ एकसयको तयारी नोट ५ थान, कागजमा प्रिन्ट गरिएका विभिन्न दरका नेपाली र भारतीय रुपैयाँ, सहित  जालीनोट बनाउन प्रयोग हुने कम्प्युटरलगायतका सामाग्री बरामद गरेको प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले बताए । जिल्ला प्रहरी कार्यालयले शनिबार विहान पत्रकार सम्मेलन गरि पक्राउ परेका श्रेष्ठ, जालीनोट, कम्प्युटर लगायतका अन्य सामाग्री सार्वजनिक गरेको छ ।  

काठमाडौस्थित पुल्चोक ईञ्जिनियरिङ कलेजबाट वि.ई.(सिभिल ईञ्जिनियरिङ) उत्र्तिण गरेका श्रेष्ठ विगत ४ वर्षदेखि लमजुङ स्थित घरमा बस्दै आएको बुझिएको प्रहरीले जनाएको छ । ४ वर्षदेखि बेरोजगार भएपनि केही महिना अघिदेखि मात्रै जालीनोट बनाउने काममा लागेको प्रारम्भिक वयानबाट खुल्न आएको प्रहरीले जनाएको छ । पूर्णरुपमा नोट बनाउने भन्दा पनि सिकारु अवस्थामै भएको अनुमान प्रहरीले गरेको छ । श्रेष्ठले नेपाली र भारतीय जालीनोट सँगै सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र लगायतका कागजातहरु पनि तयारी गर्दै गरेको पाईएको बताईएको छ ।

खोटोचलन महल र सरकारी कागजात किर्ते महल अन्र्तगत छानविन कार्य अघि बढाईएको डिएसपी खरेलले जनाए । स्वदेशी जालीमुद्रा बनाएको १० वर्ष, विदेशी जाली मुद्रा बनाएको ५ वर्ष र किर्ते वापतको १ वर्ष कैद सजाँय हुने प्रावधान रहेको र सोही बमोजिम कारवाही प्रकृया अघि बढाईने पनि उनले बताए ।

प्रकाशित: २ पुस २०७३ ०८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App