coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मूर्ति चोर पच्छ्याउँदा कोठाभरी चोरीका मूर्ति

काठमाडौंं–प्रहरीले एक व्यक्तिको कोठाबाट दश थान विभिन्न देवीदेवताका मूर्ति फेला पारेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले बुधबार राती एउटा नागको मूर्ति सहित पक्राउ गरेका ब्यक्तिको कोठामा खानतलासी गर्दा दशौं थान मूर्ति बरामद भएको हो ।

वृत्तका अनुसार बुधबार राती कुलेश्वरमा रहेको गणेश मन्दिरमा पन्चनागको मूर्ति चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेकी कुमारी तामाङको कोठाबाट थप १० थान मूर्ति फेला परेको हो । वृत्तका प्रमुख डिएसपी नवराज अधिकारीका अनुसार पक्राउ परेकी तामाङले पुजा गर्न मूर्ति चोरी गरेको बताएपनि कोठामा लुकाएर राखेको अवस्थामा अन्य मूर्ति फेला परेको हो ।

‘पक्राउ ब्यक्ती तेस्रो लिङ्गी भएको र मूर्ति पुजाका लागि चोरेको बताएका छन, हामी थप अनुसन्धान गरिरहेका छौ,’ डिएसपी अधिकारीले भने ।

वृत्तका अनुसार तामाङका साथबाट भगवती, मनकामना, भिमसेन, राधाकृष्ण, बज्र योगिनी, कालिरात, दक्षिणकाली, भैरब र हनुमानका ढुङगा र ढलौटका मूर्ति बरामद भएका हुन । 

प्रकाशित: ३० मंसिर २०७३ १४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App