१६ चैत्र २०८० शुक्रबार
समाज

रामेछापमा ट्रिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

दोलखा— रामेछापको खाँडादेवी—१ धुरेनखोपमा गएराति ट्रिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। राति करिब ८ः३० बजे गाल्पामा गिट्टी झारेर चोप्राङ फर्किंदै गरेको बा २ ख ६८८८ नम्बरको ट्रिपर सडकबाट करिब अढाई सय मिटर तल खसेको हो।

मृत्यु हुनेमा चालक सिन्धुपाल्चोक जिल्ला तातोपानी घर भएका कुमार विक, सिन्धुली कपिलकोटका रुपेश भण्डारी, सर्लाहीका विकास पौडेल र ललितपुर धापाखेलका किरण डाँगी छन्। 

र्घटननामा चालक सहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिप्राकाका प्रहरी इनिस्पेक्टर प्रेम जोशीले बताए।

मृत्यु हुनेमा चालक सिन्धुपाल्चोक जिल्ला तातोपानी घर भएका कुमार विक, सिन्धुली कपिलकोटका रुपेश भण्डारी, सर्लाहीका विकास पौडेल र ललितपुर धापाखेलका किरण डाँगी छन्। 

स्वीस विकास नियोग (एसडिसी) को सहयोगमा पकरबास–गाल्पा सडक ग्राभेलिङ गर्ने काम भइहरहेको छ। दुर्घटनामा परेको ट्रिपर सोही सडक निर्माणका लागि गिट्टी बोक्दै आएको थियो।

प्रकाशित: २९ मंसिर २०७३ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App