१६ चैत्र २०८० शुक्रबार
समाज

मिटर ब्याजी पीडितहरुलाई महानगर प्रमुख बालेन्द्रको साथ

काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र साहले मिटर ब्याजी पीडितको माग प्रति ऐक्यबद्धता जनाउँदै सरकार समक्ष समस्या समाधानको माग गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुक एउटा स्ट्याटस लेख्दै मिटर व्यापी पीडितहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन।

उनले मिटर ब्याजी पीडितहरु सधैँ काठमाडौँ आएर आन्दोलन गर्नु पर्ने स्थिति भएता पनि सरकार यस विषयमा मौन रहेको टिप्पणी गरे।  

विगत केही वर्ष देखि सरकारले मिटर ब्याजीहरुलाई कारबाही को दायरामा ल्याउने भनेता पनि सरकारको भनाई आश्वासनमा सीमित रहेको उनको धारणा छ।

उनले लेखेका छन् , ‘मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवता को नाताले काठमाडौँ बसुन्जेल पशुपति धर्मशालामा बास र खाना को व्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाँहरु सङ सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गर्‍यौ तर उहाँहरू खुलामञ्च मै बस्न खोज्नु भयो। हामीले सम्झाएर रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौ र उहाँहरू को माग प्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकार समक्ष उहाँहरु को समस्या समाधान को लागि जोडदार माग राख्दछौ।’

केही समय पहिला काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मिटर ब्याज पीडितलाई खुलामञ्च प्रवेश गर्न रोक लगाएको थियो। सरकारसँग न्यायको माग गर्दै काठमाडौं आइपुगेका आठ जिल्लाका मिटरब्याज पीडितहरू खुलामञ्च प्रवेश गर्न खोजेका थिए।  

तर नगर प्रहरीले उनीहरुलाई गेटमा रोकेको थियो। आफ्नो माग पूरा नभएसम्म नफर्किने उनहरुको भनाइ छ।

प्रकाशित: १३ चैत्र २०७९ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App