१५ चैत्र २०८० बिहीबार
समाज

‘बाघ बढेका छन्, तर व्यवस्थापनमा चुकेका छौ कि?’

फाइल तस्बिर।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकालले उद्घाटन सत्रमा प्रतिप्रश्न गर्दे भने ‘बाघ बढेका छन्, तर व्यवस्थापनमा चुकेका छौ कि?’ 

कार्यक्रममा निकुञ्ज विभागका प्रमुख ढकालले बाघ संरक्षणका लागि गरिने व्यवस्थापनमा भईरहको कमजोरी फोरममा औँल्याउँदा ठाकुरद्वारामा जारी दुई दिने राष्ट्रिय बाघ सम्मेलनमा बाघ विज्ञले खुलेर छलफललाई मन्थन गर्नेमा आयोजक विश्वस्त देखिन्छ।

पछिल्लो समय बाघ गणनामा आधुनिक प्रविधि क्यामरा ट्रापिङ चलन चल्तीमा छ। बाघ गणना गर्दा विभिन्न ठाउँमा क्यामरामा कैद भएका तस्बिर अनुसार गणना गरेर बाघको संख्या यकिन गरिन्छ।

बाघ गणनाको क्रममा कुनै कुनै (ग्रिड) क्यामरामा धेरै बाघको तस्बिर कैद हुने गर्छ। बाघ गणनाको क्रममा क्यामरा ट्रापिङ प्रविधिमा कैद हुने फरक फरक बाघको प्रसङ्गमा ढकालले भने ‘त्यस्ता ग्रिडमा देखिएका धेरै बाघ बस्ने ठाउँमा आहारा प्रजाति बारेमा समेत विशेष ध्यान पुर्‍याउन पर्ने देखिन्छ, यदि आहाराको व्यवस्थापन भएन भने मानव बस्ती तर्फ बाघ जान सक्छ।’ उनको भनाईमा धेरै बाघ देखिएको ठाउँमा चनाखो भएर व्यवस्थापनमा तदारुकता देखाउन जरुरी हुन्छ।

बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र र खाता करिडोरमा चार वर्षमा १८ जनाको ज्यान गएको रेकर्डमा देखिन्छ। बाघको आक्रमणमा ज्यान जाने अधिकांश निउरो टिप्न, च्याऊँ खोज्न र दाउरा बटुल्न जानेको संख्या अधिक छ। अर्को प्रसङ्गमा प्रमुख ढकालले व्यवहारिक कानुन बारेमा समेत बहस गर्न पर्ने खुलाए। तीन तहको सरकार जिम्मेवारीमा दुर्लभ वन्यजन्तुको संरक्षण छ।

सरकारले संरक्षणमा विनियोजन गर्ने बजेटमा समानुपातिक वितरण काफी छैन। संरक्षणका पकेट क्षेत्रमा विशेष बजेट विनियोजन जरुरी देखिन्छ। यस्तै विभिन्न अन्तर्राष्ट्रिय संघ संस्था र सरकारबाट विनियोजन हुने बजेट एकद्धार प्रणालीमा नभएको विषयले समेत सम्मेलनमा प्रवेश पाएको छ।

बाघ र वन्यजन्तु द्वन्द्व व्यवस्थापन समस्या देखा परेको समेत उनले खुलाए। सीमित स्रोत साधनबिचको संरक्षण कठिन यात्रा तय गर्न मुस्किल भइरहेको छ।

‘जति भएपनि संरक्षणका लागि बजेट कम छ’ प्रमुख ढकालले भने, ‘बाबुसँग पैसा माग्दा भनेको जति पाइँदैन, तर जति पाइन्छ त्यति लिएर परिणाम मुखी काम गर्न पर्‍यो, संरक्षणमा सीमित स्रोत साधनबिच काम गर्न पर्ने हाम्रो बाध्यता हो।’

चार वर्षको अन्तरालमा बर्दियामा सार्वजनिक भएको बाघ एकै पटक ८७ वाट १ सय २५ पुगेको छ। जसरी बाघ बढेको छ त्यसैगरी मानवीय क्षति बढिरहेको छ। बाघ संरक्षणका लागि सरकार सफल भएपनि मानवीय क्षति रोक्न नसक्दा सरकार आलोचित बनेको छ। यस्तै प्राथमिकता साथ उठेका विषयमा राष्ट्रिय बाघ सम्मेलनमा बाघ विज्ञ बिच छलफल भइरहेको छ।

बाघ सम्मेलन मार्फत बाघको संरक्षण दिगो भएपनि व्यवस्थापन पक्ष फितलो भएको सहभागीले उल्लेख गर्दा सक्षम र दीर्घकालीन बाघ व्यवस्थापनको राष्ट्रिय बाघ सम्मेलन मार्फत खोजी सुरु गरिएको छ।

सम्मेलनमा खुल्ला सत्र चलेजस्तै बाघ साईनटिस्टले उठाएका विषयमा गम्भीर मन्थनबाट चुरो कुरो निकाल्ने प्रयास भइरहेको छ। बाघ संरक्षणसँगै मानव र वन्यजन्तु बिच बढिरहेको द्वन्द्व व्यवस्थापन प्रमुख एजेन्डाका रुपमा बाघ विज्ञको प्रस्तुति रहेको सहभागी तथा पूर्व वार्डेन रमेश थापाले बताए।

‘यस सम्मेलनलाई बर्दियावासीले अवसरको रुपमा लिएका छौ’उनले भने, ‘कसले के भन्यो भन्दा पनि दिगो संरक्षणका लागि उत्तम विकल्प खोजी गर्न सम्मेलन मार्फत सहयोग पुग्छ।’

बाघ सम्मलेमा कति वटा बाघको लागि कति क्षेत्रफल आवश्यक छ। निकुञ्ज भित्र कति बाघ अटाउन सक्छ। समस्या ग्रस्त बाघ समात्ने र खोरमा थुनेर मात्र समस्या समाधान होइन। बाघ र मानव बिचको द्वन्द्व समाधान र दिगो संरक्षणका लागि बाघ विज्ञले नै दिशा निर्देशन गर्ने गरी सम्मेलन आयोजना गरिएको छ। कार्यक्रममा २५ जना विज्ञ (साईनटिष्ट) सहभागी छन्।

सकारकार तर्फबाट नौ जनाले सम्मेलनमा प्रतिनिधित्व गरेका छन्। पर्सा, चितवन ,बाँके, सुक्लाफाटा निकुञ्जका प्रमुख, वन डिभिजनका, बर्दियाका प्रमुख र कृष्णसार संरक्षण क्षेत्रका प्रमुख कार्यक्रममा सहभागी छन्। पाँच वटा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाका प्रमुख, प्राध्यापक, संघ संस्थाका प्रमुख, एनटिएनसिका पदाधिकारी र पूर्व वार्डेन गरी ७९ जनाको जम्बो टोली सम्मेलनमा सहभागी छन्।

विज्ञको कार्यशाला गोष्ठीमा सहभागीले कसले के भने भन्दा पनि सम्मेलनमा साझा अवधारण आउने बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए। जिम्मेवार पदमा बसेका व्यक्तिबाट नै दिगो संरक्षणका लागि कमजोरी औल्याईएको संवाददाताको प्रश्नमा भण्डारीले भने ‘अहिले आफ्नो आफ्नो विषय उठान गर्ने हो, सम्मेलनको अन्तिम दिन प्राथमिकता पाएका विषयको छलफल पछि दिगो संरक्षणका लागि निस्केको निष्कर्ष हामीले जानकारी गराउँछौ।’

१२ गते सम्म जारी हुने सम्मेलनले संरक्षणका लागि नयाँ दिशा निर्देश गर्ने भण्डारीले विश्वास व्यक्त गरे। दुई दिन सम्म चल्ने राष्ट्रिय बाघ सम्मेलनको उद्घाटन ठाकुरवावा नगरपालिकाका नगर प्रमुख तिलक लम्सालले गरेका थिए।

प्रकाशित: ११ चैत्र २०७९ १५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App