coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पत्रकार वोहराकी श्रीमती बचाउन नागरिक जुटे

धनगढी- दुईवटै मृगौला बिग्रेकी श्रीमतीको उपचारका लागी अस्पतालमा कुरुवा बसेका वेला पत्रकार कर्ण वोहराको मृत्युभएपछि बिचल्लीमा परेकी उनकी श्रीमती ममताको उपचार खर्च जुटाउन सुदुरपश्चिममा नागरिक स्तरवाट ममता बचाउन अभियान शुरु गरिएको छ।

उपचार खर्च जुटाउने तनावकाबीच पत्रकार बोहराको अकस्मात मृत्यु भएपछि बिचल्लीमा परेकी उनकी श्रीमतीलाई बचाउन ममता बचाउ अभियान शुरु गरेको अगुवाई गरिरहेका नागरिक समाजका जनक पाण्डेयले बताए। उपचार खर्च जुटाउन नसकेर तनावले पत्रकारको निधन भएपछि बिचल्लीमा परेकी श्रीमतीलाई बचाउने समाजको दायित्व र मानवातको काम पनि भएकाले नागरिक स्तरवाट ममता बचाउ अभियान थालेको उनको भनाई छ। ‘पाँच महिनादेखि श्रीमतीको उपचारका लागी कुरुवा वसेका वेला पत्रकार कर्ण वोहराले ज्यान गुमाए, अप खर्च जुटाउन नसकेर आँखा अगाडी उनको श्रीमतीको मृत्यु भयो भने त्यसको कलंक हामी सवैलाई लाग्छ’उनले भने, ‘उपचार खर्चको अभावमा उनले पनि अकालमा ज्यान गुमाउन परोस भनेर हामीले ममता बचाउ अभियान शुरु गरेका हौं।’

राज्यस्तर वाट समयमै २ वटै मृगौला बिग्रेकी ममताको उपचारका लागी सहयोग गरेको भए पत्रकार वोहराको ज्यान पनि बाच्न सक्ने उनले बताए। राज्यको उदासिनताले होनहार पत्रकार गुमाउनु परेको उनको भनाई छ।‘राज्यले समयमा आर्थिक सहयोग गर्न ध्यान दिएन’उनले भने,‘वोहराको मृत्यु भएको १५ दिन भइसक्दा सम्म सरकारले अझै निर्णय गरेको छैन।’

नागरिक समाजका अगुवाको पहलमा ममता बचाउ अभियान थालिएपछि बिभिन्न संघ संस्था, पेशाकर्मी, नागरिकले मृगौला बिग्रेकी ममताको उपचारका लागी आर्थिक सहयोग गर्न थालेका छन्। ‘उपचार खर्च नभएर मृत्युबरण गर्नुपर्ने अवस्थामा पुगेको व्यक्तीलाई बचाउन गरिने सहयोग मानवताको सवै भन्दा ठूलो काम र धर्म हो’ गोदावरी कुम्भमेला संयोजक तथा यस क्षेत्रका अगुवा पदम राज जोशीले भने,‘ दायित्व र धर्म सम्झेर ममता बचाउन अभियानमा लागेका छौं ।’ दिल खोलेर सवै ममता बचाउने अभियानमा सहयोग गरिरहेको उनले बताए ।

शुक्रवार सम्म २ लाख ३३ हजार ६ सय २८ संकलन भएको ममता बचाउ अभियानमा लागेका पत्रकार दिर्गराज उपाध्यायले बताए। यसैगरी पत्रकार महासँघका सुदुरपश्चिमका शाखाहरुले पनि ममता बचाउ अभियान थालेर आर्थिक सहयोग गरिरहेका छन्। पत्रकार कर्ण वोहराको मंसिर १० गते श्रीमतीको अस्पतालमा कुरुवा वसेका वेला अकस्मात मृत्यु भएको थियो । दुई वटै मृगौला फेल भएकी ममताको काठमाडौं मध्यवानेश्वर स्थित भेनस अस्पतालमा उपचार भइरहेको छ। उनको उपचारमा २० लाख भन्दा बढी खर्च लाग्ने चिकित्सकले बताएका छन्।

 

 

प्रकाशित: २४ मंसिर २०७३ ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App