१६ चैत्र २०८० शुक्रबार
समाज

भूकम्प पीडितलाई झुक्काएको भन्दै वर्ल्डभिजनलाई जिविसले स्पष्टिकरण सोध्यो

गोरखा- गोरखामा रहेको अन्तराष्ट्रिय गैरसरकारी संस्था वर्ल्डभिजन इन्टरनेशनल नेपालले भूकम्प पीडितलाई झुक्याएपछि जिविस गोरखाले स्पष्टिकरण सोधेको छ। मंसिर १९ गते नागरिक दैनिकमा भूकम्प पीडितलाई झुक्याएको समाचार प्रकाशित भएपछि जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत शतिसकुमार भट्टराईले पत्राचार गर्दै तत्काल जवाफ पठाउन भनेका हुन्। स्थानीय साँझेदार संस्था चेस गोरखालाई छनौट गरी एनजिओ मार्फत ४५ दिनको तालिम दिने भनेर पालुङ्टार नगरपालिका सहित तीन गाविसका स्थानीयलाई सदरमुकाम बोलाएर तीन साता नबित्दै छाडिदिएको थियो । चेस गोरखाले भने दाता संस्था वल्डभिजनले तीन साता भन्दा पछिको तालिम चलाउने पैसा नदिएपछि पुरा गर्न नसकेको बताएको छ । तालिममा सहभागीलाई कुनै जानकारी बिना नै तालिम रोकिएपछि सिप सिकेर ब्यवशाय गर्ने उद्देश्य लिएर आएका भूकम्प पीडित आक्रोशित बनेका छन्।

४५ दिनको सिलाई, कटाई, वाईरिङ, बाँसबाट सामाग्री बनाउने तालिम दिन वल्डभिजनले ३० भन्दाबढीलाई सदरमुकाममा भेला गराएर तीन साता पनि तालिम नचलाउँदै बिचैमा छाडिदिएको हो । वर्ल्डभिजन इन्टरनेशनल, चेस गोरखा र घरेलु तथा साना उद्योग विकास समितिबीच बिवादले भूकम्प पीडित मारमा परेका हुन्। घ्याच्चोक, हंसपुर, केराबारी र पालुङ्टार नगरपालिका कमजोर आर्थिक अवस्था भएका पीडितलाई तालिममा सहभागी गराएको थियो । तालिमपछि ब्यवशाय संचालन गरेर बस्ने योजना बनाएका सहभागीहरु बिचैमा तालिम छाड्नु परेपछि चिन्तित छन् । सदरमुकामको होटलमा बसेर तालिम लिन आएका स्थानीयको सिप सिकेर आफैँले ब्यवशाय गर्ने सपना एनजिओ/आइएनजिओको मनोमानीले चकनाचुर भएको छ । एक महिना सम्म सधारण सिलाई मात्रै सिकेको सहभागी बताउँछन् । सिलाई कटाईमा सहभागीलाई कल, कैँची, आईरन दिने सम्झौता समेत भएको छ, तर एक जनाले पनि पाएका छैनन।

प्रकाशित: २४ मंसिर २०७३ ११:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App