७ वैशाख २०८१ शुक्रबार
समाज

झापाका वरिष्ठ पत्रकार ढकालको निधन

सुरुङ्गा (झापा)—झापाका वरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ। मधुमेह र मिर्गौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। एक वर्षअघिदेखि मधुमेह र मिर्गौला रोगबाट पीडित उनलाई गत बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

२००९ जेठ १९ गते आइतबार अनारमनी–१ मा जन्मनुभएका ढकाल झापाका सफल साहित्यकार एवम् उपन्यासकारका रुपमा समेत परिचित थिए। 

स्व तुलसादेवी ढकाल र परशुराम ढकालका जेठा सुपुत्रका रुपमा जन्मिएका ढकालले २०२४ सालदेखि पत्रिकाको सम्पादन गर्ने काम गर्दै आएका थिए र २०२८ सालदेखि शैक्षिक क्षेत्रमा प्रवेश गरेका उनले १९ वर्षसम्म अध्यापन समेत गराएका थियो । 

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका उनी नेपाल पत्रकार महासङ्घको केन्द्रीय पार्षद् हुन्। स्व ढकालका बुबा परशुराम, श्रीमती सावित्रा ढकाल, एक छोरा र चार छोरी छन्। रासस

प्रकाशित: २४ मंसिर २०७३ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App