१६ चैत्र २०८० शुक्रबार
समाज

दोस्रो विहे गर्नेलाई १ वर्ष कैद

उदयपुर–दोस्रो बिहे गरेको आरोपमा अदालती कारबाहीमा परेका यहाँका एक युवकलाई १ वर्ष कैद र ५ हजार जरिवानाको फैसला भएको छ । बहुविबाह गरेको आरोपमा पुर्पक्षका लागि थुनमा रहेका त्रियुगा नगरपालिका १३ सुक्लाहीका मेघबहादुर मगरलाई उदयपुर जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको हो ।

न्यायाधीश राजकुमार कोइरालाको एकल इजलाशले ३१ वर्षीय मगरलाई दोषी ठहर गर्दै वर्षदिन कैद सजाय र नगद जरिबानाको फैसला सुनाएको अदालतले जनाएको छ। मगरले इलाम झोलुंगा गाविस ७ कि सीमा भुजेललाई ०७२ मंसिर १४ गते दोस्रो पत्नीको रुपमा भित्र्याएका थिए । उनलाई भने अदालतले सफाइ दिएको छ । उनले आफुलाई मगरले झुक्याएर विवाह गरी ल्याएका दलिल गरेकाले कारवाही गर्नु नपर्ने फैसला अदालतले गरेको छ ।

उनीहरुको बिहे भएपछि मगरकी जेठी श्रीमती २७ वर्षीया शर्मिलाले २०७२ माघ ७ गते श्रीमान र कान्छी श्रीम्ति विरुद्ध बहुविवाह आरोपमा मुद्दा दायर गरेकी थिइन् । ०६३ पुस २४ गते सामाजिक परम्परा अनुसार बिहे गरेर भित्र्याइउकी आफु साबुझ र स्वस्थ्य हुँदाहुँदै श्रीमान्ले दोस्रो विवाह गरेको भन्दै ०७२ पुस १४ गते जिल्ला प्रहरी कार्यालय उदयपुर मार्फत कारबाहीका लागि मुद्धा दायर गरेपछि मगर पक्राउ परेका थिए ।

प्रहरीमा परेको उजुरीका आधारमा अदालतले ०७२ माघ ८ गते मगरलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । सीमालाई भने साधारण तारेखमा छाड्ने आदेश दिएको थियो । शर्मिलापटि मेघबहादुरका १ छोरा र १ छोरी रहेको पारिवारिक स्रोतले जनाएको छ ।
 

प्रकाशित: २१ मंसिर २०७३ ०८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App