८ वैशाख २०८१ शनिबार
समाज

क्रान्तिकारीले क्याम्पस प्रमुख थुने

महेन्द्रनगर- माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीले महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख डा. पूर्णबहादुर चन्दलाई आइतबार उनकै कार्यकक्षमा थुनेको छ। विद्यार्थी र क्याम्पसको हितमा काम नगरेको आरोप लगाउँदै अखिल क्रान्तिकारीका कार्यकर्ताले क्याम्पस प्रमुखलाई बिहान आधा घण्टा कार्यकक्षमा थुनेको हो। उनीहरूले क्याम्पस प्रमुखविरुद्ध कक्षबाहिर नाराबाजीसमेत गरेका थिए। अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष वीरेन्द्रराज बिष्टले आफूहरूले राखेका मागमा क्याम्पस प्रमुखले बेवास्ता गरेका कारण थुन्न बाध्य भएको बताए।

उनले विद्यार्थीको हित र क्याम्पस सुधारका पक्षमा पटकपटक क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउँदा समेत सम्बोधन नगरी उल्टै आक्रोशित शैली देखाउने गरेको आरोप लगाए। 'विज्ञानका स्थायी शिक्षक निजी विद्यालयमा पढाउन जान्छन्', उनले भने, 'क्याम्पस प्रमुख चन्द टुलुटुल हेरी बस्छन्।' अखिल क्रान्तिकारीका केन्द्रीय सचिव राधाकृष्ण जोशीले विद्यार्थी र क्याम्पसको हितमा हुने जायज माग पुरा गर्न आग्रह गरे।

क्याम्पस प्रमुख चन्दले क्रान्तिकारीले राखेका मागमध्ये सक्नेजति पूरा गरेको बताए। अर्थ र दरबन्दी अभावका कारण क्याम्पसमा समस्या भएको बताउँदै उनले भने, 'सबै माग पूरा गर्न समस्या छ। स्नाकोत्तर तहमा शुल्क वृद्धि गर्नु हाम्रो बाध्यता हो।' विद्यार्थीका मागबारे २२ गते बृहत् छलफल गर्ने तयारी क्याम्पसको छ।

 

 

प्रकाशित: २० मंसिर २०७३ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App