८ वैशाख २०८१ शनिबार
समाज

गुठी समिती अध्यक्ष आचार्यको राजीनामा

जुम्ला- कर्णालीकै धरोहर चन्दननाथ मन्दिरवाट एकै रातमा २८ मुर्ति चोरी भएको छैटौ दिन शुक्रवार चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितीका अध्यक्ष गौरीनन्द आचार्यले  राजीनामा दिएका छन्। उनले मूर्ति चोरी भएको घटनाको सत्य तथ्य छानविनमा सहयोग पुग्ने हेतुले राजीनामा बुझाएको बताएका छन्। गुठी समिती जुम्लाका प्रुमख संरक्षक प्रुमख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित मार्फत केन्द्रीय गुठी समितीमा राजीनामा पत्र वुझाएका हुन।

चन्दननाथ मन्दीरबाट वहुमुल्य मूर्ति चोरी हुदा गुठी समितीले गतिलो संरक्षण नगरेको गुनासो प्रप्त भएपछि राजीनामा दिन बाध्य भएको राजीनामा पत्रमा उल्लेख गरिएको छ। 

मंसिर ११ गते चन्दननाथ मन्दिर भित्र रहेको दत्तात्रयको चादिको त्रिमुर्ति सहित २८ वटा मूर्ति र दाईने वायाँ २ शंख चोरी भएका थिए।

मूर्ति चोरी प्रकरणको केन्द्रीय अनुसन्धान व्युरोको टोलिले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

 

प्रकाशित: १७ मंसिर २०७३ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App