७ वैशाख २०८१ शुक्रबार
समाज

अन्डरवर्ल्ड डन छोटा राजन नेपाललाई लागू अाैषध अाधार क्षेत्र बनाउँदै

नेपाल प्रहरीले बरामद गरेको डेढ किलो कोकिन र छोटा राजन

काठमाडौं— लागूऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले मंगलबार बरामद गरेको एक किलो पाँच सय ग्राम कोकिन भारतीय मूलकी एक महिलाले ब्राजिलको साओ पाउलोबाट बोकेर ल्याएकी थिइन् । उक्त कोकिन लिन पुगेका बेला दक्षिण भारतका पुरुष पक्राउ परे । ब्युरोका अनुसार उक्त कोकिन मलेसियामा रहेका भारतीय मूलका प्रकाश रावको निर्देशनमा हङकङ पु¥याउने योजना थियो। 

नेपाल ट्रान्जिटमात्र भएको मान्ने अवस्था छैन, पहिलोमा दाउदको समूहजस्तै यस घटनामा उनका प्रतिस्पर्धी छोटा राजन समूहको संलग्नताको आशंका गर्न सकिन्छ ।’ 

पक्राउ पर्नेमा मागेनथिरन रजाह र एलिस जोसेफ छन् । मलेसियामा बस्दै आएका उनीहरू दुवै यति बेला ब्युरोको हिरासतमा छन् । उनीहरू दुवै रावको निर्देशनमा सञ्चालित थिए। 

‘अन्तर्राष्ट्रिय लागूऔषध माफियाको निर्देशनमा रजाह र एलिसले कोकिन उत्पादन भएको देशबाट माग भएको देशसम्म पु¥याउने जिम्मेबारी पाएका थिए । अघिल्ला घटनामा जस्तै लगानीकर्ता र सञ्चालक भने अरु नै थिए,’ ब्युरोका डिआइजी जयबहादुर चन्दले भने। 

यसअघि जेठमा कोकिनसहित एक महिला पक्राउ परेपछि हङकङमा बसेर लागूऔषध कारोबारमा संलग्न केही व्यक्तिको पहिचान भएको थियो । पाकिस्तानी नागरिक वाहिद खान, चाचा भन्ने अब्दुल रजाक र उनका भाइले हङकङबाट ड्रग्स सिन्डिकेट सञ्चालन गर्ने गरेको खुलेको थियो । भारतीय सुरक्षा एजेन्सी इन्टेलिजेन्स ब्युरो (आइबी) को सूचीमा रहेका अन्डरवल्र्ड डन दाउद इब्राहिम समूहको सदस्यमध्येका टाइगर, राजाभाइ र चाचाले दुबई, मलेसिया र हङकङबाट कारोबार सञ्चालन गरेको खुलेको थियो। 

प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘यी दुई घटनापछि नेपाल ट्रान्जिटमात्र भएको मान्ने अवस्था छैन, पहिलोमा दाउदको समूहजस्तै यस घटनामा उनका प्रतिस्पर्धी छोटा राजन समूहको संलग्नताको आशंका गर्न सकिन्छ ।’ उनका अनुसार छोटा राजन र दाउद समूहको विभाजनपछि राजनले मलेसिया र दाउदले पाकिस्तान तथा दुबईलाई आफ्नो आधार क्षेत्र बनाएका थिए । ‘मलेसियाका रावलाई सघाउने समूहको तार भारतीयसँग जोडिनुले यसमा बल पुग्छ,’ ती अधिकारीले भने। 

मलेसियामा यातायात पेसा भएकी एलिस र नृत्य पेसा भएका रजाहलाई आउजाउका लागि आवश्यक सबै सुविधा र केही रकम दिने सर्तमा कोकिन तस्करीमा संलग्न गराएको डिआइजी चन्दले बताए । ब्युरोका अनुसार मंसिर १३ गते मलेसियाबाट नेपाल आएका रजाह १४ गते हङकङ जाने तयारीमा थिए । रजाहको सबै यात्राका लागि मालिन्डो एयरमा टिकट बुक भएको थियो । रजाह नेपाल आएको अर्को दिन ब्राजिलबाट अबुधाबी हुँदै नेपाल आएकी एलिसले ल्याएको झोला लिन पुग्दा रजाहसमेत पक्राउ परेका थिए।
ब्युरोका एसएसपी गणेश केसीका अनुसार दुवैले लाजिम्पाट चाक्सीबारीमा रहेका दुई फरक होटलमा कोठा लिएका थिए । दुवैबीच पूर्वपरिचय थिएन । एलिसलाई झोला रजाहलाई दिन भनिएको थियो । रजाहले झोला हङकङ पु¥याउनुपर्ने थियो।

‘दुवै अघिल्ला घटनामा जस्तै सामान्य भरियामात्र हुन्, अन्तर्राष्ट्रिय गिरोहको यकिन पहिचान हुन कठिन हुन्छ तैपनि हामी केलाउँदै छौं’, एसएसपी केसीले भने। ब्युरोका अनुसार यसअघिको घटनामा पाकिस्तानी समूहले कोकिनका लागि नेपाली नागरिक दिलबहादुर गुरुङलाई एक लाख हङकङ डलर (नेपाली १३ लाख ६० हजार) नगदसमेत पठाएको थियो । नेपालबाट चरेसको कारोबार गर्दै आएका गुरुङलाई पाकिस्तानी समूहले यसअघि २६ पटक एसियाका विभिन्न देशमा चरेस ओसारपसारका लागि भरिया र भरिया खोज्ने जिम्मेवारी सुम्पेको अनुसन्धानमा खुलेको थियो । 

ब्युरोद्वारा २ किलो ६ सय ८३ ग्राम कोकिनसहित पक्राउ गरिएका भिेनेजुयला, नाइजेरिया, भारत र नेपालका नागरिकसँगको बयानमा बरामद कोकिन भेनेजुयलाको काराकस, कोलम्बियाको बोगोटा, ब्राजिलको साओ पाउलो र दुबई हुँदै काठमाडौंसम्म आएको खुलेको हो । जेठ ९ गते पक्राउ परेकी भेनेजुयलाकी ४९ वर्षीया यमरिस कामरिस नारभाज कोकिन बोकेर वैशाख २५ गते काठमाडौं आएकी थिइन् । नारभाज निर्देशनबमोजिम गिनीको पासपोर्टवाहक नाइजेरियाका मोहम्मद लमिन डोबा र तनहुँका गुरुङलाई कोकिन दिएर फर्कने बेला पक्राउ परेकी हुन् ।

लागूऔषधको अन्तर्राष्ट्रिय गिरोहले नेपालमा कोकिन बाँडफाँटपछि डोबा र दिलबहादुरबाट भारतीय नागरिक तौहिद खान र चिनियाँ नागरिकलाई दिने योजना रहेको ब्युरोका एसएसपी गणेश केसीले बताए । सदस्यलाई आवश्यक निर्देशन पाकिस्तानी गिरोहले दिने गरेको अनुसन्धानमा खुलेको थियो ।

कोकिन कारोबारको ट्रान्जिट बन्दै नेपाल
कोकिन कारोबारमा नेपाल चल्तीको रुट नभए पनि पछिल्लो समय यसको कारोबारमा सक्रिय समूहका सदस्य पक्राउ पर्ने क्रम बढेको छ।

ब्युरोले पछिल्लो पाँच वर्षमा कोकिनसहित भारतीय, पाकिस्तानी, मलेसियाली, नामिबियाली, र थाई नागरिकलाई पक्राउ गरेको छ । ब्युरोले जेठ र साउनमा मात्र सातजनालाई पक्राउ गरिसकेको छ । पाँच वर्षअघि थाई नागरिक सुरारेरात सुन्तोस एक किलो कोकिनसहित पक्राउ परेकी थिइन् । उनी माछाको क्यानमा कोकिन बोकेर आए पनि विमानस्थलबाट बाहिर निस्कन सकिनन् । हाल उनी केन्द्रीय कारागारमा छिन्।

नेपालमा हवाईमार्गबाट कोकिन भित्रिने गरेको तथ्य सुन्तोसको गिरफ्तारीसँगै खुल्यो । त्यसयता ब्युरोका अधिकारीले कोेकिन उत्पादक र ती नजिकका देशबाट यात्रामा रहेकालाई निगरानीमा राख्न थाल्यो । पहिलो घटनापछि करिब तीन वर्ष कारोबारीले नेपाललाई ट्रान्जिट बनाएनन् । साढे दुई वर्षअघि नामिबियन नागरिक रेमन जुंगु ओपेल दुईकिलो कोकिनसहित पक्राउ परे । उनी कोकिनको क्याप्सुल निलेर आएका थिए । जेठ २७ मा फिलिपिनो क्रिस्टिना अबेगर हारो, पाकिस्तानी लुइस अर्थर र आयस्था हुसेन २ किलो ८ सय ग्राम कोकिनसहित समातिए ।

‘एउटी महिला ब्राजिलबाट एक्लै नेपाल किन आई, यसमा शंका गर्छौं, सोधपुछ गर्छौं । कुनै घटनामा भने हामीलाई पूर्वसूचना हुन्छ,’ डिआइजी चन्दले भने । 
नेपाली एजेन्टको खोजी 

ब्युरोले यस वर्ष मात्र कोकिन कारोबारमा संलग्न आधा दर्जनभन्दा बढी व्यक्ति र ठूलो परिमाणमा कोकिन बरामद गरेको छ । यस्तै छिमेकी देशका नागरिकको मुख्य भूमिका समेत पुष्टि भएको छ । तर, नेपाललाई मुख्य ट्रान्जिट बनाउँदै आएको समूहको नेपाल सम्पर्क सूत्र अझै प्रहरीको पहुँचमा आइसकेको छैन । दुई किलो कोकिनसहित पक्राउ परेका नामिबियाली नागरिकको बयानबाट कोकिन कारोबारी समूहका सदस्य नेपालमा समेत सक्रिय रहेको खुलेको थियो ।

नामिबियाली रेमनले प्रहरीलाई काठमाडौंमा रहेका समूह सदस्यले कोकिन लिएर आएबापत २० हजार अमेरिकी डलर दिने सर्तमा ब्राजिलबाट आएको बयान दिए । तर, प्रहरीले उनलाई लिन आउने व्यक्ति पहिल्याउन सकेन । उनीमात्रै कारबाहीमा तानिए । त्यसपछि पक्राउ परेकी मलेसियन महिलाको बयान र उनको अपराध प्रवृत्तिबाट उपत्यकामा कोकिन कारोबारमा सक्रिय समूहका अन्य सहयोगीसमेत रहेको देखियो । उनले बयानमा मलेसियाबाट भारतको दिल्ली हुँदै इटालीमा कोकिन पु¥याउने गरेको खुलाउँदै नेपालमा अझ सहज हुन्छ भनेर रुट फेरेर यता आएको बताइन् । त्यसयता कोकिन तस्करीमा छिमेकी देशका व्यक्ति नाइके भएको पहिचान भए पनि नेपाली एजेन्ट पर्दापछाडि नै छन्। 

प्रकाशित: १६ मंसिर २०७३ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App