coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बिजुली चोर पक्राउ, २५२ ग्राहक कारबाहीमा

सुरुङ्गा-समयमा विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही गरी नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले रु ६३ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ ।

गत भदौदेखि मङ्सिर १० गतेसम्ममा उक्त राजस्व सङ्कलन गरेको प्राधिकरणका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए । तीन सय ५४ ग्राहकलाई कारबाहीको सूचीमा राखेको र उनीहरुबाट रु एक करोड १५ लाख ६० हजार बक्यौता उठाउने लक्ष्य राखिएको छ ।

“रु पच्चिस हजारभन्दा बढी कसैको पनि बक्यौता छैन,” सिंहले भने । दुई महिनासम्म बक्यौता नतिर्ने ग्राहकको जुनसुकै बेला लाइन काटिन सक्ने उनले बताए ।

यस्तै प्राधिकरणले विजुली चोर्नेबाट रु पाँच लाख बराबरको सामान जफत गरेको छ । प्राधिकरणको टोलीले आज शरणामती, कनकाई नगरपालिका र मदरगाछबाट उक्त सामान बरामद गरेको बताइएको छ ।

बिजुली चोर पक्राउ

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले आव २०७३÷७४ देखि यही मङ्सिरको दोस्रो हप्तासम्म तीन सय ५० विद्युत् चोरलाई पक्राउ गरी कारबाही गरेको छ ।

दोषीबाट करिब रु २७ लाख राजस्व समेत असुल भएको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरणको संयुक्त अनुगमन टोलीले विद्युत् चोरी गर्नेलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख रामउद्गार साहले बताए ।

प्राधिकरण राजविराजका अनुसार विद्युत् चोरी गर्नेको साथबाट विद्युत्का विभिन्न उपकरण सामग्री समेत बरामद गरिएको छ । विद्युत् चुहावट नियन्त्रणका लागि जिल्लामा अभियान आज पनि जारी नै छ ।

प्राधिकरणले साउनदेखि मङ्सिरको दोस्रो सातासम्म करिब पाँच हजार घरधुरीमा लगाइएको विद्युत् हटाएको प्रमुख साहले जानकारी दिए । जिल्लामा हालसम्म ५३ हजार भन्दा बढी घरमा विद्युत् मिटर जडान गरिएको प्राधिकरणले जनाएको छ । रासस

प्रकाशित: १४ मंसिर २०७३ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App