४ वैशाख २०८१ मंगलबार
समाज

पुस्तक प्रदर्शनीले बढाए पाठक

काठमाडौं– ‘सफलताका लागि पुस्तकसँग प्रेम’ सन्देशसहित राजधानीको भृकुटीमण्डपमा जारी राष्ट्रिय पुस्तक मेलामा पाठकको संख्या उत्साहप्रद रुपमा बढेको छ । मंसिर ३ गते सुरु प्रदर्शनीमा पुस्तकप्रेमीको संख्या बढीरहेको आयोजक डिकुरा प्रकाशनले जनायो ।

‘दिनहुँ करिब ५ लाख रुपैयाँ बराबरका पुस्तक बिक्री भइरहेको छ,’ मेला संयोजक पुण्य प्रसाईंले भने, ‘प्रदर्शनीमा पाठकको उत्साहजनक उपस्थिति छ ।’ उनले यसरी पाठक बढ्नुले लेखक÷प्रकाशकमा खुसी थपेको जनाए । मेलामा सबैभन्दा बढी धार्मिक, जीवनी, आत्मकथा (सेल्फहेल्प) र फिक्सनका पुस्तक बिक्री हुने गरेका छन् । बालसाहित्य पनि मेलामा राम्रै बिक्री भइरहेको प्रसाईंले बताए । प्रदर्शनीमा भेटिएकी गोंगबुकी शर्मिला अधिकारीले आफू पुस्तक पारखी नभए पनि मेलामा छिर्दा पढौं पढौं लागेर पुस्तक किन्न लागेको बताइन् । उनी कुन पुस्तक पढौं भनेर अलमलमा थिइन् । ‘म नयाँ पाठक भए पनि साहित्यमा चासो राख्छु,’ उनले भनिन् ।

मेलामा १० वटा प्रकाशनले आफ्ना स्टल राखेका छन् । आयोजकले बताएअनुसार ९९ वटा प्रकाशनका पुस्तक मेलामा छन् । मेलामा प्रवेश निःशुल्क छ भने पुस्तक खरिदमा प्रकाशन हेरी १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था छ । मेला मंसिर १२ गतेसम्म चल्नेछ । २÷३ महिनाको फरकमा आयोजकले पुस्तक मेला गर्दै आएको छ । यस पटकको मेलामा भने नाटक मञ्चनदेखि लघुकथा गोष्ठी समेत भएको छ । मेलामा शनिबार एकै पटक १२ वटा पुस्तक विमोचन गरियो ।
 

प्रकाशित: १० मंसिर २०७३ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App