८ वैशाख २०८१ शनिबार
समाज

बलात्कार आरोपमा शेर्पा पक्राउ

भोजपुर— बलात्कारको आरोपमा भोजपुरको दक्षिणी गाविस थिदिङ्खा–२ मा एकजना पक्राउ परेका छन् । 

मानसिक अवस्थासमेत ठीक नभएकी महिलालाई यही मङ्सिर ५ गते जबर्जस्तीकरणी गरेको आरोपमा जिल्लाको दक्षिणी क्षेत्रको थिदिङ्खा–२ का ४६ वर्षीय चुप्पे भनिने सांगे शेर्पालाई प्रहरीले बिहीबार पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

महिलालाई घरमा चटपटे खान जाऊँ भन्दै जबर्जस्ती करणी गरेको पीडित परिवारको आरोप छ । शेर्पाले करणी गरेपछि पीडितले घर पुगेर अभिभावकलाई खबर गरेकी थिइन् । रासस 

प्रकाशित: १० मंसिर २०७३ ०५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App