coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिरासतमा राखिएका पत्रकार रिहा गर्न माग

काठमाडौ-नेपाल पत्रकार महासङ्घले सिरहाको गोलबजारबाट प्रकाशन हुने ‘अनुकल्प’ दैनिकका सम्पादक अर्जुन थपलियालाई तत्काल रिहा गर्न माग गरेको छ ।

महासङ्घका सचिव ध्रु्व लम्सालले बिहीबार विज्ञप्ति निकाल्दै पत्रिकामा प्रकाशित विषयलाई समाजिक सञ्जालमा राखी टिप्पणी गरेका विषयलाई लिएर विद्युतीय कारोबारसम्बन्धी ऐन आकर्षित गरेर पक्राउ गरिनु ऐनको दुरुपयोग मात्र नभई स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप भएको उल्लेख गरेका छन् ।

थपलियालाई यही मङ्सिर ७ गते राति प्रहरीले पक्राउ गरी बिहीबार म्याद थप गरेर महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा हिरासतमा राखेको छ ।

यसैगरी समाचार सङ्कलनका क्रममा ‘नागरिक’ दैनिकका सिरहा संवाददाता मिथिलेश यादवलाई मङ्सिर ६ गते दुर्व्यवहार गर्नाका साथै उनको मोबाइल फुटाइदिएको घटनाप्रति भत्र्सना गर्दै महासङ्घले घटनाको छानबिन गरी यथार्थ पहिचान र दोषीमाथि कारबाहीको माग गरेको छ । रासस

प्रकाशित: ९ मंसिर २०७३ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App