८ वैशाख २०८१ शनिबार
समाज

रोकिएन पशुपति परिसरमा अवैध निर्माण

काठमाडौं— मारवाडी सेवा समिति नेपालले पशुपति क्षेत्र विकास कोषको अधिकार क्षेत्रभित्र पर्ने जग्गामा अवैध निर्माण गरिरहेको छ। गौशालास्थित पशुपति गौशाला धर्मशाला परिसरभित्र अवैध रुपमा थालेको भवन निर्माण कार्य रोक्न कोष, पुरातत्व विभाग र प्रहरीले दिएको निर्देशनसमेत नटेरी जारी छ।

कोषले रोक लगाउँदा लगाउँदै एउटा भवन बनाइसकेर अर्को भवन निर्माण सुरु भएको छ । मारवाडी सेवा समितिले जबर्जस्ती भवन निर्माण गरिरहेको कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले बताए । उनले भने, ‘हामीले निर्माण रोक्न पुरात्तत्व विभाग गुहा¥यौं, गौशाला प्रहरी प्रभाग गुहा¥यौं तर रोकिएन ।’ पुरातŒवबाट निर्माण प्रक्रिया रोकिसकेको प्रतिक्रिया आए पनि काम नरोकिएको उनले बताए । गौशाला प्रहरी प्रभागले पनि निर्माण कार्य रोक्न पटकपटक निर्देशन दिएको थियो तर समितिले टेरेन ।

कोष मातहतको गुठी जग्गा भएकाले पहिले कोषबाट स्वीकृति लिनुपर्ने, पुरातŒवबाट निर्माण डिजाइनको स्वीकृति लिने र महानगरपालिकाबाट नक्सापास गराएर मात्र भवन निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने नियम समितिले उल्लंघन गरेको सदस्य सचिव टण्डनले बताए ।

गौशाला प्रहरी प्रभागका डिएसपी नवराज कार्कीले कोषको उजुरीका आधारमा पटकपटक निर्माण कार्य रोक्न निर्देशन दिएको बताए । निर्देशन पाएपछि केही दिन रोक्ने र फेरि थाल्ने गर्दा समस्या भएको उनले बताए । कार्कीले भने, ‘रोक्न जाँदा ठेकेदार कुमार साहले पुरातŒवको स्वीकृतिमा निर्माण भइरहेको भन्छन्।’

ठेकेदार साहले आफूलाई समितिले निर्माण कार्य रोक्न भन्दा रोकिदिने र सुरु गर्न भनेपछि सुरु गरिदिने गरी काम गर्दै आएको बताए ।

काठमाडौं महानगरपालिकाकी सम्पदा निर्माण प्रमुख अर्चना श्रेष्ठले महानगरपालिकाबाट स्वीकृत नभएका भौतिक पूर्वाधारसम्बन्धी विवाद कानुनी प्रक्रियाअनुसार समाधान गर्ने नियम रहेको बताइन् ।

पुरातŒव विभागका महानिर्देशक भेषनारायण दाहालले भवन निर्माण कार्य मापदण्डविपरीत भएकाले तत्काल रोक्न निर्देशन दिएको बताए । कोषले भवन दुई तला ढलान भइसकेपछि निर्माणमा रोक लगाए पनि समितिले अटेर गरी निर्माण सम्पन्न ग¥यो । त्यसपछि अर्को भवनको निर्माण कार्य सुरु गरी ढलानसमेत गरिसकेको छ ।

विभागका सूचना अधिकारी दामोदर गौतमले समितिलाई पटकपटक निर्माण प्रक्रिया रोक्न पत्राचार गरिएको बताए । अटेर गरी निर्माण प्रक्रिया जारी राखेकाले कानुनी कारबाहीका लागि छलफल गर्ने उनले जानकारी दिए ।

समितिका पूर्वअध्यक्ष चतुर्भुज सरियाले सबैको सहमतिपश्चात् निर्माण भइरहेको दाबी गरे । सरियाका पालामा निर्माण सुरु भएको हो । समितिका वर्तमान अध्यक्ष ब्रिजेश चौधरीले आफू  नयाँ अध्यक्ष भएकाले केही जानकारी नभएको बताए । मारवाडी सेवा समिति गौशाला शाखाका कार्यालय प्रमुख जयन्त सुब्बाले यस विषयमा कुरा गर्न मानेनन् । समितिले गत वर्षको भूकम्पमा गाईगोठ क्षतिग्रस्त भएको भन्दै मर्मत गर्न कोषसँग स्वीकृति मागेको थियो ।

समितिले भवन निर्माण गर्न पुरातŒव विभागबाट समेत स्वीकृति लिएको छैन । पुराताŒिवक क्षेत्रमा कुनै पनि निर्माण गर्न विभागबाट स्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ । पुरातात्विक क्षेत्रमा सिमेन्ट, छडलगायत आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण गर्न पाइँदैन । समितिले आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण जारी राखेको छ ।

 

प्रकाशित: ५ मंसिर २०७३ १४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App