coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बिजुली हुकिङ गर्ने ११ जना पक्राउ

राजविराज–  विद्युत् चुहावट बढेपछि सप्तरीमा विद्युत् ‘हुकिङ’ नियन्त्रण गर्ने अभियानअन्र्तगत आज ११ जना विद्युत् चोरलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले सदरमुकाम राजविराजबाट उनीहरुलाई विद्युत् हुकिङ गर्दागर्दै पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए।

पक्राउ परेका व्यक्तिमाथि विद्युत् चोरी नियन्त्रण ऐनअन्तर्गत कारबाही हुने प्राधिकरणले जनाएको छ ।

यस्तै प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी टोलीले चौपाया चोरी मुद्दामा अदालतबाट फरार दुई जनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोसी नगरपालिका–२ फतेपुर बस्ने महेन्द्र चौधरी र बहुविवाह मुद्दाका फरार लिल मो मन्सुरी रहेको इप्रका कञ्चपुरले जनाएको छ ।

जिल्ला अदालत राजविराजले चौधरीलाई दुई दिन कैद र रु १२ हजार जरिवाना सजाय तोकेको थियो भने मन्सुरीलाई एक महिना कैद र रु दुई हजार जरिवाना गरेको थियो । रासस

प्रकाशित: १ मंसिर २०७३ १२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App