७ वैशाख २०८१ शुक्रबार
समाज

पेट्रोल पम्पमा आगलागी

दाङ–देउखुरी लमहीमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ। सोमबार राति लमहीस्थित श्रीराम पेट्रोल पम्पमा आगलागी भएको हो। आगलागीबाट पेट्रोल, मोबिल, डिजेल, तथा भौतिक संरचना नष्ट भएको पेट्रोल पम्प सञ्चालक लिलाराम खनालले जानकारी दिए। यस्तै पम्पमा रहेका कागजपत्र समेत जलेका छन्।  राति ११ बजेतिर पेट्रोल पम्पमा एकाएक आगो दन्किन सुरु गरेको थियो। विद्युत् सर्ट हुँदा आगदागी भएको हुन सक्ने आशंका गरिएको छ ।

ट्यांकरबाट तेल झारेको १० मिनटमै आगो लाग्न सुरु गरेको जनाउँदै पेट्रोल पम्प सञ्चालक खनालले विद्युत् सर्ट भएर आगो लागेको बताए। उनले आगलागीबाट अढाई करोड बढिको क्षति भएको बताए।  ‘पेट्रोलको ट्यांकीमा आगो दन्किएको थियो,’खनालले भने ‘पेट्रोल के कति परिमाणमा क्षेति भएको छ भन्ने अहिले एकिन भैसकेको छैन ।’
लमहीमा रहेको दमकल विग्रेका कारण आगलागीबाट ठूलो नष्ट भएको खनालले बताए। आगो निभाउनका लागि तुलसीपुरबाट दमकल पुगेको थियो ।

 

प्रकाशित: ३० कार्तिक २०७३ ०५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App