४ वैशाख २०८१ मंगलबार
समाज

पशुपति क्षेत्रका २१ सम्पदा पुनर्निर्माण सुरु

काठमाडौं–भूकम्पमा क्षतिग्रस्त पशुपति मन्दिर परिसरका २१ सम्पदा पुनर्निर्माण हुने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको बजेटबाट पशुपति परिसरका मठमन्दिर र सत्तलको जीर्णोद्धार र पुनर्निर्माण हुन लागेको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताए । मरासिनीका अनुसार यस कामका लागि सरकारले झन्डै २५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनका अनुसार पशुपति परिसरका शंकरनारायण सत्तल, गोरखनाथ मन्दिर, चन्दन पाटी, शंकराचार्य मन्दिर, कुलानन्द झा सत्तल, वनकाली सत्तल, अमरकान्तेश्वर मन्दिर, सुरेशकान्तेश्वर मन्दिर, मृगस्थली परिसरका शिवालय, गौरीघाट चौघेरा सत्तल पुनर्निर्माणको काम भइरहेको छ ।
त्यस्तै तारापराकेश्वर मन्दिर, पन्ध्र शिवालय सत्तल, कोटीलिंगेश्वर मन्दिर, पशुपतिका भट्टहरूको अवास मर्मत, गुह्येश्वरी सत्तल, पञ्चदेवल शिवालय, ब्रजेश्वरी सत्तललगायतको पुनर्निर्माण हुन लागेको सदस्य सचिव टण्डनले बताए ।

चालू आर्थिक वर्षभित्र सक्ने गरी काम भइरहेको निर्देशक मरासिनीले जानकारी दिए । उनका अनुसार पुनर्निर्माण हुन लागेको शंकरनारायण सत्तलका लागि तीन करोड ५० लाख रुपैयाँ विनियोजन भएर बोलपत्र मूल्यांकन सम्पन्न गरी निर्माण व्यवसायीसँग सम्झौता प्रक्रिया सुरु भएको छ । गोरखनाथ मन्दिर पुनर्निर्माणका लागि चार करोड ५० लाख बजेट विनियोजन गरी निर्माण व्यवसायीसँग टेन्डर प्रक्रियामा छ ।

त्यस्तै वनकाली सत्तल निर्माणमा तीन करोड ५० लाख विनियोजन गरी ड्रइङ डिजाइन सम्पन्न भई काम अगाडि बढेको छ चजे गौरीघाट चौघेरा सत्तल पुनर्निर्माणका लागि तीन करोड बजेट विनियोजन भएको छ । यसको डिजाइन, लागत स्टिमेट सम्पन्न भएर अगाडिको काम भइरहेको निर्देशक मरासिनीले बताए ।
२०७२ सालको महाभूकम्पमा पशुपति क्षेत्र परिसरका मठमन्दिर, पाटी, पौवा, सत्तललगायत ७५ प्रतिशतभन्दा बढी क्षतिग्रस्त भएको पुरातŒव विभागको तथ्यांकमा छ ।

प्रकाशित: २८ कार्तिक २०७३ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App