coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

२० वर्ष पुराना सवारीमा रोक लाग्ने

काठमाडौं–सरकारले काठमाडौं उपत्यकामा चल्ने २० वर्षे पुराना सार्वजनिक सवारीसाधन विस्थापन गर्ने तयारी थालेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार उपत्यकामा २० वर्ष पुराना थोत्रा सवारीसाधनले ट्राफिक व्यवस्थापनमा समस्या, अत्यधिक प्रदूषण र सडक दुर्घटना बढाएकाले त्यस्ता सवारीसाधन सञ्चालन गर्न रोकिने जनाए । २०७१ सालको पुराना सवारीसाधन विस्थापन गर्ने निर्णय कार्यान्वयन सुरु गरेको विभागले जनाएको छ ।

अहिले २० वर्षे पुराना गाडीहरुको रुट इजाजतपत्र दिन बन्द गरिएको, कर लिन र नामसारी पनि बन्द गर्ने निर्णय भएको प्रवक्ता पाण्डेले बताए । विभागका अनुसार २० वर्ष पुराना सवारीसाधन गुडाउन नपाइने भए पनि उपत्यकामा १ हजार २ सय र देशभर २० हजारभन्दा बढी यस्ता सार्वजनिक सवारीसाधन गुडिरहेका छन् । विभागले फागुनदेखि उपत्यकामा गुडीरहेका २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएर प्रदूषण, दुर्घटनालगायत समस्या केही मात्रामा भए पनि समाधान गर्ने प्रवक्ता पाण्डेले बताए ।

सवारी यातायात व्यवस्थापन नियमावली २०५४ संशोधन भइसकेको छ भने २०४९ को ऐन पनि आवश्यक संशोधन गरी प्रक्रिया अगाडि बढाउने प्रवक्ता पाण्डेले बताए । उनले भने, ‘अटेर गरी त्यस्ता सवारीसाधन गुडाए कारबाही गरिनेछ ।’सरकारको निर्णयअनुसार उपत्यकाका २० वर्षे पुराना सवारीसाधनलाई कुनै पनि रुटमा चल्ने इजाजत नदिइने विभागले जनाएको छ । अहिले ४÷४ महिनामा सार्वजनिक सवारीले रुट नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालले भने, ‘सवारी दुर्घटना हुनुमा थोत्रा र पुराना गाडी बढी जिम्मेवार छन् । यस्ता गाडी सञ्चालनमा रोक लगाउने सरकारको निर्णयलाई ट्राफिक प्रहरीले सघाउने उनले बताए । २०७१ मा सरकारले २ वर्षभित्र काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सबै गाडी विस्थापन गर्ने निर्णय गरेको थियो ।  

 

प्रकाशित: २४ कार्तिक २०७३ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App